बुरुन्डीका राष्ट्रपति कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन

 न्यूज विराट
बुरुन्डीका राष्ट्रपति कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन

एजेन्सी, जेठ २८-अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण राष्ट्रपति कुरुन्जिजाको सोमबार निधन भएको जनाइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका उनको सुरुमा स्वास्थ्यमा सुधार देखिएको थियो । तर सोमबार हृदयघात भएपछि उनको निधन भएको हो । बुरुन्डी सरकारले उनलाई बचाउन गरिएका सबै प्रयास असफल भएको जनाएको छ ।

कतिपयले उनको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा भएको हुन सक्ने आशंका गरेका छन् । तर आधिकारीहरुले कोरोनाका कारण उनको मृत्यु भएको कुरा अस्वीकार गरेका छन् ।

१५ वर्षदेखि बुरुन्डीको सत्तामा रहेका उनको अगस्टमा पदावधि सकिदै थियो । सन् २०१५ मा उनले तेस्रो कार्याकालका लागि चुनाव लड्ने घोषणा गरेपछि बुरुण्डीमा राजनीतिक विवाद सिर्जना हुनुका साथै असफल ‘कू’ को प्रयास भएको थियो । विवाद हिंसात्मक बन्दा सयौंको मृत्यु भएको थियो भने हजारौंले देश छाड्नुपरेको थियो ।

सम्बन्धित समाचार

बलात्कार मुद्दामा अदालतले ९ वर्ष जेल सुनाएपछि भागेका अभियुक्त घण्टाघर घुम्दै गरेका बेला समातिए

बलात्कार मुद्दामा अदालतले ९ वर्ष सजाय ताेकेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका वडा- १६ का २० वर्षीय रुद्रबहादुर खड्कालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतकाे टाेलीले हिजाे पक्राउ गरेकाे हाे...

भोलि मुस्लिम समुदायलाई बिदा

काठमाडौं, १ कात्तिक ।सरकारले कार्तिक २ गते मुस्लिम समुदायलाई बिदा दिने निर्णय गरेको छ । सरकारले १४९६ औं मोहम्मद जयन्तीको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्‍को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...

कोसी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए, माग पुरा गर्न मन्त्रालयलाई एक साताको अल्टिमेटम

विराटनगर, १४ वैशाख । सेवा सुविधा नपाएको भन्दै आन्दोलित बनेका विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । आफ्ना जायज मागहरु पुरा गर्न प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई एक हस्ताको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो विद्यार्थी र एकल महिलाहरुलाई न्यानो कपडा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत...

तेह्रथुममा २ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ २२-तेह्रथुमको आठराइ गाउँपालिकाका-२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आठराई गाउँपालिका-४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा बुधबार कोरोना भाइरस पुष्टि...

क्यान्सर पीडित साहको उपचारमा सहयोगको याचना, तेली समाजद्धारा ५१ ह्जार सहयोग

विराटनगर । बायाँ खुट्टमा क्यान्सर भएका एक जना क्यान्सर पीडित विरामीले उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । सुनसरीको दुहबी नगरपालिका – १० का २० वर्षीय नरेश कुमार साहका परिवारले उपचारको लागि सहयोगको...

उत्तराखण्डमा गुफामा लुकेर बसेका एक नेपालीसहित ६ विदेशको उद्दार

एजेन्सी, बैशाख ९-भारतको उत्तराखण्डको एउटा गुफामा बसिरहेका एक नेपालीसहित ६ विदेशीलाई भारतीय प्रहरीले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । गुफामा लुकेर बसेकामध्ये दुई जना महिला समेत थिए । उनीहरु ऋषिकेशमा गंगा नदीको किनारस्थित गुफामा बसिरहेका...

बागमतीमा नेकपा संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन

काठमाडौं, १५ पुस-बागमती प्रदेशमा नेकपा संसदीय दल औपचारिक रुपमा विभाजित बनेको छ । बुधबार बसेको प्रचण्ड–माधव नेपाल पक्षधर सांसदको संसदीय दलको बैठकले डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । पार्टी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्