औषधि व्यवसायी संघ मोरङको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण
बुधबार, १० माघ, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी दोस्रो अधिवेशनबाट निवार्चित भएका कार्यसमिति सदस्सयहरुले पदभार ग्रहण गरेका हुन् ।
२८ पुसमा भएको संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा देशबन्धु ढकाल, वरिष्ठ उपाध्यक्षमा हरिराज रेग्मी, थोक उपाध्यक्षमा जितु रजक, खुद्रा उपाध्यक्षमा मुकेश श्रीवास्तव, महासचिवमा अरुणकुमार ठाकुर, कोषाध्यक्षमा मनोजकुमार मण्डल, सचिवमा सरिता चौधरी, सह—कोषाध्यक्षमा राजकुमार यादव निर्वाचित भएका थिए । यसैगरी, खुद्रा सदस्यमा सुनिलकुमार चौधरी, थोक सदस्यमा राजेशकुमार मण्डल, सदस्यहरुमा अरविन्द्रकुमार मण्डल, गौरवप्रसाद साह , किरणकुमार चौधरी निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष ढकाललाई निवर्तमान अध्यक्ष लक्ष्मी तिमिल्सिनाले सपथ गराएका थिए ।
ढकालले सपथ लिएपछि अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष ढकालले व्यवसायीहरुको हकहितमा सधैभरी लागि पर्ने बताए । उनले व्यवसायीहरुलाई एक ढिका बनाएर लैजाउने प्रतिवद्धता गरे । कार्यक्रममा नेपाल औषधि व्यवसयी संघका केन्द्रीय सदस्य प्रदिपकुमार दास, कोशी प्रदेशका उपाध्यक्ष नरेन्द्र बराल , झापाका अध्यक्ष जीवन खड्का, नेपाल औषधि व्यवस्था विभाग विराटनगरका शाखा अधिकृत अनिल परियारलगायतले नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
एजेन्सी, बैशाख ५-उत्तर प्रदेशको राजधानी लखनऊमा ८ नयाँ सक्रमित भेटिएका छन् । भेटिएका संक्रमितमध्ये ५ जना सदर, ३ जना नजिराबादका हुन् । उनीहरूको बुधबार परीक्षणका लागि स्याम्पल लिएइएको थियो । उत्तर प्रदेशमा संक्रमितको संख्या ८...
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न...
विराटनगर, फागुन २९–कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तथा संक्रमण देखापरिहाले उपचारको प्रबन्ध गर्न प्रदेश–१ सरकारले एकीकृत कार्ययोजना तयार पारेको छ । आज प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सरकारले कार्ययोजना सार्वजनिक...
विराटनगर । विराटनगर– ३ मा रहेको मोर्डन एरा स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच...
विराटनगर, ९ असार । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला...
एजेन्सी, असार ९-भारत र चीनका सेनाबीच गत १५–१६ जुनमा हिंसात्मक झपडपछि दुवै देश सो क्षेत्रमा शान्ति कायम गर्न तयार रहेको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । पाकिस्तानसहित अन्य देशसँगको सीमा विवादमा आक्रामक रवैया अपनाउने...
३ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी नायव महानिरीक (डीआईजी) पदबाट एआईजीमा बढुवा भएका हरिबहादुर पाल, शैलेस थापा क्षेत्री र तारिणी प्रसाद लम्साललाई प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले...
सरकारले सम्भव भएसम्म निजी क्षेत्रका कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै विद्युतीय माध्यमको प्रयोग गर्दा हुने कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेका हुन् । तर, ...