
विराटनगर, ९ असार । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
प्रदेश नम्बर२–०३–००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान ९ बजे भएको सवारी दुर्घटनामा संलग्न टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।