विराटनगर । पृथ्वीजयन्तीका अवसर पारेर विराटनगरमा र्याली निकालेको छ । राप्रपा मोरङले विराटनगरमा आज र्याली निकालेको हो ।
राप्रपा जिल्ला अध्यक्ष गोपाल कटवालको अध्यक्षतामा र्याली निकालेको जिल्ला प्रवक्ता सन्जय विक्रम अधिकारीले जानकारी दिए । र्यालीले विराटनगर महानगरपालिका परिक्रमा गरेको थियो । र्यालीपछि डा. दुर्गा बहादुर अधिकारीको संयोजनमा बिचार गोष्ठी तथा जलपान कार्यक्रम पनि गरियो ।
उक्त कार्यक्रममा प्रमुख अथिती राप्रपा केन्द्रिय महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवल समशेर राणा, केन्द्रिय सहायक प्रवक्ता दिनेश साह , केन्द्रिय सदस्यहरु केदार कोईराला , विश्व मोहन थापा , धर्माचार्य कृष्ण शरण उपाध्याय लगायतका जिल्ला पदाधिकारी , नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको...
विराटनगर । विराटनगर – ४ कन्चनबारीमा सवारी दुर्घटनामा परी टिपर चालकसहित पाँच जना घाइते भएका छन् ।विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको ना. ३ ख ६६६४ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ गइरहेको टिफरलाई ठक्कर दिदा टिपर...
काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु भर्ना भएका राणा आज बिहान डिस्चार्ज भएका हुन् । राणा चार दिनअघि १२ मंसिरमा अस्पताल भर्ना भएका...
काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी ओलीले आफुलाई पदबाट हटाएर देखाउन चुनौती दिएका छन् । गृहजिल्ला झापा आएका ओलीले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्याश कार्यक्रमलाई सम्बोधन...
विराटनगर, जेठ २३–लामो समयदेखि जारी बन्दाबन्दीका कारण सवै क्षेत्र मारमा परेकाले त्यसको उचित विकल्प खोज्न सरकारलाई मोरङका दलहरुले आग्रह गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मोरङको कार्यालयमा अध्यक्ष मो. कादीरको अध्यक्षतामा सम्पन्न सर्वदलिय...
विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको बार्षिक उत्सवको अवसर पारेर विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चालक संघले विराटनगर महानगरपालिका अगाडि आज विहान खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघले...
राजविराज, ४ भदौ-सप्तरीमा बिहीबारसम्म ४ सय बढी कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ४८१ जना संक्रमित निको भएर घर फर्किएका हुन् । सप्तरीको १८ वटै स्थानीय तहमा...
विराटनगर, ८ भदौ-विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्किएका हुन् । सोमबार...