राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेशको अध्यक्षमा कला डाँगी
बुधबार, २३ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय (नाबुन) कोशी प्रदेशको अध्यक्षमा विराटनगरकी कला डाँगी निर्विरोध निर्वाचित भएकी छिन् । झापाको बिर्तामोडमा बुधबार सम्पन्न भएको नाबुन प्रदेशको तेस्रो अधिवेशनबाट डाँगी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएकी हुन् । नवनिर्वाचित अध्यक्ष डाँगी यसअघि नाबुन कोशी प्रदेशको सचिव रहेकी थिइन् । उनले सौन्दर्यकर्मीहरुको हकहितमा लागि पर्ने बताइन् । उनले सौन्दर्यकर्मीहरुको क्षमता अभिवृद्धी गरेर अगाडी बढने बताइन् । नावुन प्रदेशको उपाध्यक्षमा इस्मिता ठकुरी, सचिबमा मार्था राई, सह–सचिबमा गंगा कर्माकर, कोषाध्यक्ष अमिता पोखरेल रहेकी छिन् । नाबुन कोशी प्रदेशमा पाँच सय बढी सदस्य आवद्ध रहेका छन् । उक्त कार्यक्रमको उद्घाटन नाबुनकी केन्द्रीय संयोजक पम्फा पाहाडीले गरेकी थिइन् ।
बुटवल, २७ वैशाख-आज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साताअघि भारतबाट आएको खुलेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले यसअघि कोरोना संक्रमण देखिएका मायादेवी गाउँपालिकाका युवासँगै उनीहरू...
विराटनगर, ६ साउन–प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरंग र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उदयपुरको वेलकामा...
सप्तरी, २४ साउन-सप्तरीको १ मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै...
काठमाडौं, २३ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक...
विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...
विराटनगर, साउन २५–प्रदेश १ मा कोरोना संक्रमित राख्न प्रबन्ध गरिएका अस्पतालका आइसोलेसन शैया पूर्ण अभाव भएको छ । अस्पतालमा ठाउँ नभएपछि संक्रमितहरु घरघरमै बसिरहेका छन् । यद्यपी कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि भने केही...
विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरेको निर्वाचन कार्यालयमा भएको आगजनीको घटनाप्रति कडा विरोध जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका प्रतिनिधिहरूले यस घटनालाई गैरकानुनी र...
एजेन्सी, असार २५-भारतको कानपुर शुटआउटमा संलग्न गुण्डा नाइके विकास दुबेका थप २ जना सहयोगीलाई प्रहरीले इन्कान्टरमा मारिदिएकाे छ । विकासका साथी बरुआ दुबे र प्रभात मिश्रालाई प्रहरीले गोली हानेर मारेको हो । एक स्विफ्ट डिजायर कार...