स्ववियु निर्वाचन : अखिल क्रान्तिकारीद्धारा उम्मेदवारी घोषणा, सभापतिमा यादव र सचिबमा लम्साल
बुधबार, २४ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ ।
विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिबमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो ।
अखिल क्रान्तिकारीले बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाउने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इन्चार्ज अभिमन्यु यादवले बताए । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापातिको उम्मेदवारी दिएका यादव महेन्द्र मोरङ क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्यरत रहेका छन् । सचिबकको उम्मेदवार दिएकी लम्साल बीए अन्र्तगतको राजनैतिक शास्त्र लिएर अध्यनरत छिन् । उनी अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिको अध्यक्ष पनि हुन् । उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै सचिबकी उम्मेदवार लम्सालले विद्यार्थीहरूको हकहितको लागि पर्ने बताइन् । महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर सुधारदेखि लिएर विद्यार्थीहरुलाई सहज रूपमा अध्ययन हुने व्यवस्था लागू गर्न लागि पर्ने उनले बताइन् । ‘अहिले क्याम्पसको छात्र र छात्रावास आवस बन्द भएको वर्षौ भइसकेकोछ,’ उनले भनिन्, ‘टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि अवासको व्यवस्था गरिएको थियो । अहिले यो आवस बन्द छ । हामी तत्काल संचालनमा ल्याउन प्रत्यन गर्नेछौं ।’
उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा युवा नेता देवा यादवले आफ्नो संगठन स्थापित गर्न अखिल क्रान्तिकारीले एकल रुपमा उम्मेदवारी दिएर चुनावमा लडने बताए । कार्यक्रममा अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुको बीचमा उम्मेदवारी घोषणा गरिएको हो ।
महेन्द्र मोरङ क्याम्पसमा स्वीयूमा २१ सदस्यीय कार्यसमितिको लागि हुन लागेको निर्वाचनमा ५ हजार ९४२ जना मतदाता रहेका छन् ।
त्रिभूवन विश्वविद्यालयले स्वीयु निर्वाचनको कार्यतालिका अनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ । स्वीयू निर्वाचनमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।
विराटनरगर, जेठ ४–प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल गरि १५० जना पत्रकारको...
काठमाडौं, २ जेठ-सरकारले चिनौँ आफ्नो माटो, आफ्नो माटो बनाए आफ्नै देश कार्यक्रम अघि बढाउने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । यो कार्यक्रमअन्तर्गत स्नाकोत्तर...
विराटनगर । सत्तारूढ दल नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेशको ९१ सदस्यको कमिटि गठन भएको छ ।विराटनगरमा आइतबार भएको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ सदस्य गठन भएको हो...
काठमाडौं, ७ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....
कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् । कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न...
गुल्मी, २६ वैशाख-भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु २ साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा...
सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् । आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय...
काठमाडौं, १४ वैशाख-विनाप्रतिस्पर्धा ओम्नी बिजिनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य सामग्री खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निर्णयमाथि संसदको लेखा समितिले छानविन प्रक्रिया अघि बढाएको छ । सरकारले बिनाप्रतिस्पर्धा ओम्नीलाई कोरोना महामारीसँग जुध्न उपकरण खरिदको सम्झौता गरेको थियो ।...