अर्थतन्त्रका अधिकांश सुचकांकहरू सकारात्मक : प्रधानमन्त्री

 न्यूज विराट
अर्थतन्त्रका अधिकांश सुचकांकहरू सकारात्मक : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश औपचारिक सुचकांकहरू सकारात्मक बनेको बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको मोरङ व्यापार संघ ट्रेड एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘बैंक ब्याजदर, लघुवित्त र सहकारीको समस्या हल हुँदै गएको छ । तर, रेमिट्यान्सको भरमा मुदुक चल्नु राम्रो होइन,’ उनले भने । बैंकको ब्याजदर घट्दै गएको, ऋण प्रवाह बढेको, स्थायी तरलताको सुविधा घटाईएको कारण अर्थतन्त्र लयमा फर्किएको उनले बताए । ‘महंगी नियन्त्रणका दृष्टिले यतिबेला हामी २ वर्षयताकै प्रगतिमा छौं । वार्षिक औसत महंगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमि आई ५.३८ प्रतिशतमा झरेको छ,’ उनले भने ।


भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै प्रधानन्त्री प्रचण्डले बताए । ‘निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको छ । यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्वपूर्ण पहल हो,’ उनले भने, ‘एकातर्फ बैंकको ब्याजदर घटाइएको छ भने अर्कोतर्फ बंैकहरुको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको छ । कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएको छ । विगतमा यस्तो ब्याजदर अधिकतम १३.०३ प्रतिशतसम्म पुगेको थियो । कात्तिकमा कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत छ ।’
राष्ट्रबैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार नीतिगत ब्याजदर घटाएको उनले बताए । ‘राष्ट्र बैंकले बैंकदरका रुपमा समेत रहेको स्थायी तरलता सुविधाको दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ । यो आफैमा महत्वपूर्ण सुधार हो । अर्थतन्त्रमा यसको प्रभाव क्रमशः देखिँदै जानेछ,’ उनले भने । पर्यटन क्षेत्रमा पनि सुधार आएको उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले आमनागरिक र व्यवसायीको मनोबल उठाउने चुनौति सरकारसामू रहेको बताए । उनले नकारात्मक भाष्य बनाउने फेसन जस्तो बनाउने प्रयास भईरहेको प्रति सचेत हुनुपर्ने बताए । उनले अब नेपाल उज्यालोतिर पनि गईरहेको सन्देश दिनुपर्ने र रचनात्मक आलोचना गर्नतिर लाग्नुपर्नेमा उनको जोड थियो ।
प्रचण्डले विराटनगर कटहरी कार्गाे रेल संचालनको विषयमा भारतबाट आउने उच्च नेतृत्वसँग छलफल गर्ने बताए । उनले विराटनगर विशेष आर्थिक क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले विराटनगर गिरिजाप्रसाद क्रिकेट रंगशाला बनाउने, पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज संचालनका लागि पहल गरेको स्मरण गर्दै विराटनगर चक्रपथ बनाउन आगामि बजेट नीति तथा कार्यक्रममा समेट्ने बताए ।
उनले गिरिजाप्रसाद कोईरालाको नाममा रहेका संघसंस्थालाई सक्दो सहयोग गर्ने उनले बताए । विराटनगर पछि पर्न नहुने बताउँदै त्यको लागि सक्दो सहयोग गर्ने उनले बताए । कार्यक्रममा कांग्रेस नेता डा.शेखर कोईरालाले विराटनगर प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेदे पनि कसैसँग केही नमागी अगाडि बढ्दा राज्यले ध्यान नदिएको बताए ।
उनले पञ्चायती कालमा विराटनगरलाई हेला गरे पनि उद्योगी व्यवसायिले बचाएको भन्दै अहिले पनि उनीहरूको विश्वास लिनुपर्ने बताए । कोईरालाले रिङ रोडलाई बहुवर्षेमा राखेर अगाडि बढाउनु पर्ने, विमानस्थललाई अन्तरास्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले विराटनगरलाई माया गरेजस्तै गरे पुग्ने उनको भनाइ छ ।
अहिले ४० प्रतिशत सटरहरू बन्द भएको, बैंकले पनि मिटरब्याजी बनेको, कृषि ऋण ५÷६ प्रतिशतमा दिनुपर्नेमा वास्तविक किसानलाई नदिएको उनले दाबी गरे । यो विषयमा राष्ट्र बैंकका गभर्नरलाई राखेर कुरा गर्नु पर्ने प्रधानमन्त्रीलाई सुझाव दिए ।
महोत्सव उद्घाटन कार्यक्रममा विराटनगर महानगर प्रमुख नागेश कोईरालाले पछिल्लो समय विराटनगर पछि परिरहेको बताए । उनले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल बनाउन आवश्यक भएको बताए ।
उनले विराटनगर जुटमिलको संरक्षण अभाव भएको, विराटनगर रिङ रोड बन्न नसकेको, मालबहाक रेल संचालनमा नआएको, विराटनगर क्षेत्रीय विमानस्थललाई अन्तरास्ट्रिय विमानस्थत बनाउनु पर्ने, क्षेत्रीय उडानहरू विराटनगरबाटै गर्नुपर्ने लगायतका माग गरे । कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्योगी व्यवसायीहरुले उत्पादन गरेको बस्तु प्रर्दशनको लागि प्रर्दशन स्थल नहुँदा समस्या भएको बताए । राज्यले विराटनगरमा प्रर्दशन स्थल बनाइदिनुपर्ने उनले माग राखे । ‘अहिले प्रर्दशनस्थल नहुँदा अस्थायी संरचनामा करडौं रुपैयाँ खर्च गर्नुपरेको अवस्था रहेको छ,’ उनले भने, ‘त्यसैले विराटनगरमा प्रर्दशन स्थलको लागि राज्यले लगानी गरिदिनुपर्दछ ।’ सोही अवसरमा मोरङ व्यापार संघले प्रचण्डलाई ७ किलोको माला लगाएर अभिनन्द पनि गरेको छ ।

सम्बन्धित समाचार

बजारमूल्य भन्दा कममा अनलाईनबाट खाद्य सामाग्री उपलव्ध

विराटनगर,१४ साउन–कोभिड–१९को सङ्क्रमणबाट उपभोक्तालाई जोगाउन घरआँगनमै अनलाईनबाट खाद्यान्न सामाग्री उपलव्ध गराउन आजदेखि यहाँ सेवा शुरु गरिएको छ। बजार मूल्यभन्दा कममा पाँच सय विभिन्न प्रकारका खाद्यान्न सामाग्री उपलव्ध गराउने उद्देश्यका साथ ‘ग्रेटडिल्स ९९’ तपाई हाम्रो दोकानले...

काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ४१० महिला र ५३७ पुरुषमा संक्रमण पुष्टि भएको हो । आज काठमाडौंमा सबैभन्दा...

कोरोना संक्रमणबाट कांग्रेस नेताको निधन

विराटनगर,  ९ कात्तिक-कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो ।  कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका–८ का मण्डललाई उपचारका लागि विराट...

बीपीमा थप एक संक्रमितको मृत्यु

सुनसरी ४ कात्तिक-सुनसरीको धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सोमबार राति ९.३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा इटहरीका ५६ वर्षीय पु्रुषको मृत्यु भएको हो । १ कात्तिकमा कोरोना पोजिटिभ...

भक्तपुरका ७ र काठमाडौं १ जनामा कोरोना पुष्टि

काठमाडौं, ६ असार-शनिबार काठमाडौं उपत्यकाका ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

उद्धव थापालाई सर्वोच्चको दोस्रो झड्‍का, पहिलोपटक १९ र दोस्रोपटक ३५ दिनमा गुमाए पद

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रोपटक पदमुक्त गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार विश्वासको मत लिने प्रक्रियामा संविधान मिचिएको ठहर गर्दै थापाको नियुक्ति बदर गरेको हो। पहिलो पटक सभामुखसहितको हस्ताक्षरमा...

दोस्रो खेलमा दिल्लीलाई हराउँदै कटिहारको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । आज भएको दोस्रो खेलमा कटिहारले दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । कटिहारले १९.१...

मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, २३ असोज । झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ  स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्