काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि

 न्यूज विराट
काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ४१० महिला र ५३७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौंमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । काठमाडौंमा ६९२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा कुल संक्रमितको संख्या ८४ हजार ५१७ पुगेको छ । कुल संक्रमितमध्ये ७६ हजार ४४२ जना निको भएका छन् भने ७ हजार ७४४ सक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा ७ हजार ५८८ जनामा कोरोना पुष्टि भएकोमा ६ हजार ८९३ जना निको भएका छन् भने ६०८ जना सक्रिय संक्रमित रहेका छन् । ललितपुरमा १२ हजार ५७७ जनामा कोरोना पुष्टि भएकोमा १० हजार ८९७ जना निको भएका छन् । यहाँ १ हजार ५८९ जना सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमणबाट काठमाडौंमा ३३१, भक्तपुरमा ८७ र ललितपुरमा ९१ जनाको मृत्यु भएको छ । आज देशभर २४ संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ । आज १० हजार ८४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

त्यस्तै, आज थप २ हजार ७९१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । तीमध्ये ६ हजार ५१८ जना होम आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

मिटरब्याजी सुनिल साहविरुद्ध दिए पीडितले उजुरी, आइतबारदेखि छलफल हुने

विराटनगर । विराटनगर १८ का मिटरब्याजी ५३ वर्षिय सुनिल कुमार साह विरुद्ध पीडितहरूले उजुरी दिएका छन् ।जिल्ला प्रशासन कार्यालय मोरङमा ६ जना पीडितहरूले मिटरब्याजी साहविरुद्ध बुधबार उजुरी दर्ता गराएको हो । साहबाट पीडित भएकाहरू विराटनगर...

रञ्जन छुटेपछि गीताका बुवाले भने : सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो

काठमाडौं, ८ साउन-श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारले बताएको छ । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला...

विराट नर्सिङ्ग होममा दुर्लभ शल्यक्रिया, खानाको नली नबनेको नवजात शिशुको सफल उपचार (भिडिओ)

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा नवजात शिशुको दुर्लभ शल्यक्रिया भएको छ । जन्मँदै खानाको नलि नबनेको एक दिनको नवजात शिशुकोे सफल शल्यक्रिया गरिएको हो । विराट नर्सिङ होम तथा विराट मेडिकल कलेजका बाल शल्य...

प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परीक्षण

विराटनगर, ८ वैशाख-प्रदेश १ मा सोमबारसम्म ३ हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए/नभएको धमाधम परीक्षण गरिरहेको छ ।...

कोरोना महामारीसँग जुध्न बेलायतले नेपाललाई १ करोड पाउण्ड सहयाेग गर्ने

काठमाडाैं, २५ जेठ-बेलायत सरकारले कोरोना महामारीसँग जुध्न नेपाललाई थप आर्थिक सहयोग घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डीएफआइडी) मार्फत उक्त सहयोग गरेको हो । डीएफआइडीले कोरोना संक्रमण न्यूनीकरण र उपचारका लागि...

विराटनगरमा १ करोडको लगानीमा ओपन हाउस संचालन

विराटनगर । विराटनगर ३ पिपल चौकस्थित हाउस लाउन्ज एण्ड बार संचालनमा आएको छ । महिला उद्यमी श्रुती शर्माले करिब १ करोड रुपैयाँ लागतमा हाउस लाउन्ज एण्ड बार शुक्रबारदेखि संचालनमा ल्याएकी हुन् । पारिवारिक, खुल्ला र...

आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य

काठमाडौं, ६ साउन-सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो । सञ्चार तथा सूचना प्रविधि...

आज विराटनगरमा ४ जना कोरोना संक्रमित थपिए

विराटनगर, ५ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्