दोस्रो खेलमा दिल्लीलाई हराउँदै कटिहारको जित

 न्यूज विराट
दोस्रो खेलमा दिल्लीलाई हराउँदै कटिहारको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । आज भएको दोस्रो खेलमा कटिहारले दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

कटिहारले १९.१ ओभरमा सबै विकेट गुमाइ १६५ रन बनाएको हो । कटिहारका मयङ्कले १५ बलमा ३२ रन पारी खेल्दा करन कुमारले २७ बलमा ३१ रन बनाए । एजमल राजले १४ रन, अभिषेक कुमारले ११ रन बनाए । दिल्लीका निरु र शिवम किशोरले समान ३–३ विकेट लिए । विकास र सन्दिपले समान २ –२ विकेट लिए ।

कटिहारले दिएको १६६ रनको विजय लक्ष्य पछ्याएको दिल्लीले १८.५ ओभरमा सबै विकेट गुमाइ १३५ रन मात्रै बनायो । जसमा दिल्लीका सत्यजित राउतले ३१, विकास लोहीले २७ रन बनाउदा विराट कार्कीले २५ रनको योगदान दिए ।
कटिहारका कुलदिप आलमले ३.५ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । कसिलो बलिङ गर्ने उनी प्लेर अफ द म्याच घोषित भए । भानु आन्नदले ४ ओभरमा १९ रन खर्चेर ३ रन बनाए ।
शनिबारको पहिलो सेमिफाइनल खेल विराटनगरको वाइआरसीसी र एनबीएससी क्रिकेट क्लबबीच हुनेछ ।

सम्बन्धित समाचार

गुटको राजनीति छाडेर संगठन सुदृढिकरणमा लाग्न कांग्रेसलाई विज्ञहरुको सुझाव

विराटनगर, फागुन ३–गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले...

एमालेनिकट प्रेस चौतारीमा संस्थापनइतरले पाएनन् उम्मेदवारी फारम

विराटनगर । मतदानको समय नराखी निर्वाचन तालिका सार्वजनिक गरेको प्रेस चौतारी नेपालले नयाँ नेतृत्वको लागि उम्मेद्वारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिइ जारी...

एमालेले जारी गर्यो अपानि-१, यस्तो छ नेताहरुको अन्तिम कार्यबिभाजन

काठमाडौं, पुस २ । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि सवै सदस्यहरुको कार्यविभाजन गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णयअनुसार अन्तर्पार्टी निर्देशन (अपानि) १ जारी...

सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

विराटनगर, २२ फागुन । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका– २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर...

खेलकुद क्षेत्रको विकासमा जोड

विराटनगर । खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने सरोकारवाहरुले बताएका छन् । नेपाल तेक्वान्दो संघ मोरङ शनिबार सम्पन्न भएको साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रयाप्त मात्रमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा स्कूललाई डेस्क/बेन्च वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मोरङको जहदा गाउँपालिकाको एक विद्यालयलाई डेस्क÷बेन्च वितरण गरेको छ । बाल दिवसको अवसर पारेर डाउनटाउनले जहदास्थित श्री जनता बाल आधारभूत विद्यालयलाई डेस्क/बेन्च वितरण गरेको हो । विद्यार्थीको अध्ययनमा...

आलटाल नगरौं, गठबन्धन टुट्छ भने एमसिसी तु पारित गरौँ : बाबुराम भट्टराई

काठमाडौं, माघ १७ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी सम्झौता छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले सत्तारुढ पाँच दलीय गठबन्धनमा एमसिसी सम्झौता...

अन्तर विद्यालय पौडी प्रतियोगिता, एभरेष्टले जित्यो १७ स्वर्ण

विराटनगर । विराट स्वीमिङ ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न विराटनगर अन्तर विद्यालय पौडी प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले १७ स्वर्ण जितेको छ । एभरेष्टले प्रतियोगितामा खेलाईएका ३३ इभेन्ट मध्ये १७ वटामा स्वर्ण पदक जितेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्