मोरङ प्रहरीद्धारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, २३० जनाले गराए स्वास्थ्य जाँच
बुधबार, ०४ पुष, २०८०,
न्यूज विराट
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगगर १२ बखरीस्थित आधरभूत स्वास्थ्य केन्द्रमा बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् ।
विराट मेडिकल कलेजको प्राविधि सहयोग भएको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवाहरु रहेको थियो । स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जीवनाथ धमला, नाक, कान, घाटी रोग विशेषज्ञ डा. शिव भुषण पन्डित, छाला रोग विशेषज्ञ डा.सरविन यामु श्रेष्ठ, बालरोग विशेषज्ञ डा. मनोज कुमार चौधरीलगायतका चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य जाँच गरिएका विरामीहरुलाई शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।
सुरक्षा र अपराध नियन्त्रणको अतिरिक्त प्रहरीले नागरिकको सुव्यवस्था र हित प्रवर्धन गर्न समुदाय–प्रहरी साझेदारीको माध्यमबाट सामाजिक कल्याणकारी कार्यक्रमहरु पनि गर्दै आएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेले बताए । प्रहरीले बिगत लामो समयदेखि समुदाय संगको सम्बन्धलाई बहुआयामिक बनाउन यस्तो सामाजिक काम अपरिहार्य रहेको उनले बताए । प्रहरीले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, नागरिक सुनुवाई, बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु आदी जस्ता हितकारी कार्यहरु गर्दै आएको उनले बताए ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रहरीले शान्ति सुरक्षा कायम मात्र नगरेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि सामाजिक कल्याणकारी काम गरेको बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की, विराटनगर १२ का वडाअध्यक्ष हिरालाल यादवलगायतको उपस्थिती रहेको थियो ।
विराटनगर, १२ असोज–कोरोना भाइरसको संक्रमण बढिरहेको बेला विराटनगरमा असोज २५ गतेबाट सञ्चालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित भएको छ । सरकारले विद्यालय तत्काल नखोल्न दिएको निर्देशन अवज्ञा गर्दै विराटनगर महानगरपालिकाले निजी विद्यालय...
विराटनगर, साउन १६-झापाको मेचीनगरस्थित काकडभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेका...
काठमाडौं, २९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...
काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...
बागलुङ, ४ बैशाख-बलेवा –बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको...
विराटनगर, साउन –मोबाईल चोर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर १३ स्थित सैनिक टोलको एक घरबाट मोबाईल चोरी गरि भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले सप्तरी...
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन हुने भएको छ । महासंघ अन्र्तगतको महिला उद्यम समिति मोरङको २१ औं साधरणसभा र १० औं अधिवेशन...
विराटनगर । वल्र्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वल्र्ड रोटरी डेको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विराटनगरका पाँच वटा रोटरी क्लबहरूको संयुक्त आयोजनामा क्तदान कार्यक्रम आयोजना गरिएको हो ।...