बागलुङमा सकियो र्‍यापिड टेष्ट, १ हजार २९ जनाको परीक्षण

 न्यूज विराट
बागलुङमा सकियो र्‍यापिड टेष्ट, १ हजार २९ जनाको परीक्षण

बागलुङ, ४ बैशाख-बलेवा –बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको र्‍यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ ।

उनीहरुमध्ये १ हजार २८ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ देखापरेपनि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । बागलुङमा बुधबार मात्रै ४३ जनाको र्‍यापिड परीक्षणमार्फत कोरोनाको जाँच भएको छ । पाँचौ सङक्रमित युवतीको गाउँ र छुटफुट भएका विदेशबाट आएकाको बुधबार जाँच भएको हो ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । यो सँगै सरकारले तोकेको मापदण्डमा पर्नेहरुको र्‍यापिड परीक्षण सकिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

हिजो र्‍यापिड परीक्षण गरिएकामध्ये २१ जनाको थ्रेट स्वाब समेत सङकलन भएको छ । कोभिड– १९का सङ्क्रमित बर्षीया युवतीको सम्पर्कमा आएकाहरुको थ्रेट स्वाब सङकलन भएको हो । उनीहरुको स्वाब बिहिबार बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइने प्रमुख गुरौले जानकारी दिए । रासस

सम्बन्धित समाचार

सांसद पोखरेल र मेयर राजवंशीले यसरी रोपे धान

विराटनगर, १५ असार । मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धान रोपेका छन् । असार १५ राष्ट्रिय धान दिवसको अवसर पारेर सांसद पोखरेलले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा...

हिसान खेल सप्ताह शूरु

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । ओपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने...

क्षयरोगीलाई खाद्यान्य बितरण

विराटनगर । क्षयरोग प्रभावित विरामीहरुलाई पोषण खाद्यान्य वितरण गरिएको छ । बिएनएमटी नेपाल नामक संस्थाले मंगलबार १० जना अति विपन्न क्षयरोगीलाई खाद्यान्य वितरण गरिएको हो ।पोषण परियोजना अन्र्तगत अति विपन्न क्षयरोग विरामीलाई खाद्यान्य वितरण गरिएको...

कांग्रेस महाधिवेशन ७–१० भदौमा काठमाडौंमा हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ दोस्रो साता हुने भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी...

भीरबाट लडेर एक युवतीको मृत्यु

काठमाडौं, ३० वैशाख-भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया सुष्मा मल्ल रहेकीछिन् । स्याङजाको पुतलिबजार नगरपालिका–१२ पेल्काचौर बस्ने मल्लको सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर...

सिरहामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

वीरगन्ज, ६ भदौ-सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ...

२४ घन्टाभित्र देशभर ४६४ जनामा काेराेना पुष्टि, ४२५ जना निकाे भए

काठमाडौं, २३ साउन-२४ घन्टाभित्र देभभर ४ सय ६४ जनामा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ भने पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य एकैचोटि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्