घरेलु तथा साना उद्योग महासंघको अधिवेशन शनिबार, एक दिने प्रर्दशनीमा ६० स्टल रहने
बुधबार, १६ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन हुने भएको छ । महासंघ अन्र्तगतको महिला उद्यम समिति मोरङको २१ औं साधरणसभा र १० औं अधिवेशन पनि शनिबार विराटनगरमा हुने भएको हो । महासंघले बुधबार पत्रकार सम्मेलन गरी अधिवेशनको दिन एक दिने घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुहरूको प्रर्दशन पनि गरिने जानकारी गराएको छ । प्रर्दशनीमा घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेको ६० भन्दा बढी स्टलहरू प्रर्दशनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतननाथ निरौलाले जानकारी दिए । एक दिने प्रर्दशनीमा कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न बस्तुहरु, चिया, ढाका, जुक्ता, चप्पल, कस्मेटिक र विशेष गरी महिला उद्यागीहरुले उत्पादन गरेको बस्तुहरु प्रर्दशनी राखिने उनले बताए । ‘अहिले घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेको बस्तुको बजारीकरण नभएर समस्या भएको छ । जसले गर्दा उत्पादित बस्तुले बजार पाएको छैन । खुल्ला सीमाको कारणले चोरी तस्करी भएर विभिन्न बस्तुहरु आयत हुने गर्दछ । जसको प्रत्यक्ष असर यहाँका घरेलु तथा साना उद्योगलाई परेको छ,’ अध्यक्ष निरौलाले भने, ‘यहाँको स्थानीय उद्यमीहरुले उत्पादन गरेको बस्तुको बजारीकरण गर्न हामीले प्रर्दशन राख्न लागेका हौं ।’
२०४७ साल जेठ २४ गते स्थापना भएको महासंघमा देशभरीमा ९० हजार भन्दा बढी उद्यमीहरु संगठित भएका छन् । मोरङमा ३० हजार भन्दा बढी घरेलु, साना, कृषि र अन्य उद्योगहरु संचालनमा रहेको अध्यक्ष निरौलाले बताए । ३० हजार भन्दा बढी उद्योगमा ४५ अर्बको लगानी रहेको उनले बताए । तीन लाख भन्दा बढीले रोजगारी पाएको दाबी गरिएको छ । महासंघमा ४ हजार भन्दा बढी सदस्य रहेको, पाँच बस्तुगत संघ, ८ पालिका महासंघ, १७ आजिवन सदस्य रहेको उनले बताए । महासंघको अधिवेशनबाट जिल्ला कार्यसमितिमा २५ जना र महिला उद्यम समितिमा १७ जनाको निर्वाचित कार्यसमिति हुनेछ ।
काठमाडौं, १८ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राजीनामा मागेपछि ओली राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास गएको स्रोतले...
विराटनगर । उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न तीन तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने एक कार्यक्रममा सरोकारवाहरूले जोड दिएका छन् ।प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश...
विराटनगर, २६ असार । विराटनगर महानगरपालिकाकी पूर्वउपमेर इन्दीरा कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विराटनगर–१५ स्थित...
विराटनगर । विराटनगर महानगरपालिका १३ मा रहेको डिएभी स्कुलले भव्य कार्यक्रम आयोजना गरी ग्य्राण्ड अभिभावक दिवस मनाएको छ ।स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी दिवस मनाएको हो । ग्य्राण्ड अभिभावक दिवससँगै स्कुल परिसरमा...
काठमाडौं, २९ जेठ-गृह मन्त्रालयले लकडाउन विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो काम रोक्न अनुरोध गरेको छ । आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले लकडाउन आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण...
काठमाडौं, ३० जेठ-भोलि संसदमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुनेछ । उक्त प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्वाहाङफेले प्रस्तुत गर्ने छन् । त्यसअघि उक्त विधेयकमाथि...
विराटनगर । विएचएम चौथो सेमेस्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीलाई सम्मान गरिएको छ । कोशी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याउने राम कृष्ण खत्री क्षत्री र प्रदेशमै दोस्रो...
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै...