राशिफल

घाइते बनाउनेलाई सांघातिक आक्रमण गर्ने सांसदको चेतावनी

 न्यूज विराट
घाइते बनाउनेलाई सांघातिक आक्रमण गर्ने सांसदको चेतावनी

काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले गाउँ कमिटी अधयक्ष जोशीलाई १७ माघ ११ बजे मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको पनि जनाए ।

‘कुनै समूहलाई नेकपाको डाहा र ईर्ष्या हुन्छ भने सैद्धान्तिक छलफलमा आओस्, होइन भने हातमा दही जमाएर बस्ने स्थिति हुन्न’, सांसद स्नेहीले भने, ‘हाम्रा साथीहरूको धैर्यताको बाँध टुटेको छ र स्थानीय कमिटी पनि सांघातिक आक्रमण गर्न बाध्य हुन्छ ।’ नेकपाको लोकप्रियताबाट अत्तालिएर सांघातिक हमला गरिएको भन्दै सांसद स्नेहीले स्थानीय नेकपाका कार्यकर्ताले हातमा दही जमाएर नबसेको भन्दै प्रतिवाद हुने बताए । उनले घाइतेको उपचारको व्यवस्था गर्न र दोषीको खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...