विराटनगर । राज्यले बनाउने नीति निमार्ण प्रक्रिया अर्थपुर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नेत्रहीन युवा संघ मोरङले विराटनगरमा सोमबार आयोजना गरेको राजनैतिकमा अपाङगता भएका व्यक्तिहरूको पहुच विषय अन्र्तक्रिया कार्यक्रममा सहभागिहरूले यस्तो बताएका हुन् ।
राज्यले बनाउने हरेक नीति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने र निर्माण भएका ऐन, नियमको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने उनीहरुले जोड दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नत्रहिन संघका केन्द्रीय सचिब तथा सहजकर्ता कलाधर भण्डारीले राज्यले बनाउने हरेक नीति निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई पनि सहभागिता गराउने खालको बाध्यकारी नियम बनाउनुपर्ने बताए । स्थानीय, प्रदेश र संघले बनाउने नीति निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गरेर कानुन निमार्णले यस क्षेत्रका व्यक्तिहरुको पनि हकअधिकार स्थिापित हुने उनले बताए । अहिले बन्ने गरेको अपाङगता मैत्री संरचनाहरु नहुदाँ अपाङगता भएका व्यक्तिहरुको सहज पहुचमा पुग्न नसकेको उनले गुनासो गरे । ‘दिगो विकास लक्ष्यले हरेक कानुन र नियमले अपाङगता मैत्री संरचनाहरु बनाउनुपर्ने उल्लेख गरिएको छ । तर, यहाँको सरकारी संरचनाहरू पनि अपाङगता मैत्री भएको छैन । जसले गर्दा अपाङगता भएका व्यक्तिहरुको सरकारी कार्यालयमहरुमा सहज रुपमा हपुच पुग्न सकेको छैन,’ उनले भने ।
कार्यक्रममा बोल्दै नेत्रहीन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले राजनैतिक दलले अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गरेर नीति निमार्ण बनाउनुपर्ने बताए । ‘अहिले राज्यले बनाउने हरेक निती निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई उपेक्षा गरेको छ,’ उनले भने, ‘अब बनाउने नीति निमार्णहरु अपाङगता मैत्री हुनुपर्दछ ।’ कार्यक्रममा नेत्रहीन युवा संघका सल्लाहकार भोजराज भूजेलले सदनमा बोल्ने सांसदहरुले पनि अपाङगता भएका व्यक्तिहरुले बुझने गरी ‘दोभासे’ राखिदिए जनप्रतिनिधीहरुले बोलेको कुरा यस क्षेत्रमा व्यक्तिहरुलाई पनि बुझन सहज हुने बताए । त्यसलै प्रतिनधी सभा र प्रदेश सभाहरुमा दोभासे राखिदिनुपर्ने उनले माग राखे ।
कार्यक्रममा प्रदेश सांसद विद्या चाम्लिङ्गले अपाङगताहरुको हकहितको लागि निती निमार्णमा सहयोग पुग्ने गरि काम गर्ने प्रतिवद्धता जाहेर गरिन् । कार्यक्रममा प्रदेश सभा सदस्य, विभिन्न राजनैतिक दलका प्रतिनिधी, सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक...
विराटनगर । रंगेली नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । विभिन्न निर्णयहरु गर्दै शुक्रबार नवौँ नगरसभा सम्पन्न भएको हो । नगरसभामा सभाध्यक्ष एवम् मेयर दिलिप बगडीयाले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको छ । नगरसभा समक्ष मेयर...
विराटनगर, ९ साउन–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गरेका छन् । मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् । सामाजिक विकास मन्त्रालयले...
प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकका लागि आज एउटा मात्रै एजेन्डा राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी...
काठमाडौं, १९ कात्तिक-कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । भेन्टिलेटरमा उपचारका क्रममा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १०...
विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...
विराटनगर, १६ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटले १ लाख २० हजार रुपैयाँ योगदान गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित पोलिटेक्निक इन्स्टीच्युटले...
विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै असन्तुष्ट बनेका आदिवासी जनजाति संघ संगठनहरुले आज विराटनगरमा भव्य प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगरमा भएको प्रदर्शनमा २० हजार मानिस सहभागी भएको दाबी...