प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

 न्यूज विराट
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकका लागि आज एउटा मात्रै एजेन्डा राखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेस गर्नेमात्रै कार्यसूची रहेको छ । सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसी अटाएको छैन ।

शनिबार प्रकाशित कार्यसूचीमा आइतबार पुनः फेरबदल गर्न सकिने व्यवस्था भएकाले अन्य विषय पनि थपिन सक्छन् । बैठकका अन्य कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सरकारले आजकाे बैठकमा एमसीसी संसदबाट अनुमोदनका लागि टेबल गर्ने तयारी गरिरहेको छ । तर, सत्ता गठबन्धनकै दल नेकपा माओवादी केन्द्र भने टेबल गर्न नदिने पक्षमा छ । अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले भने एमसीसी टेबल गर्न दिइने निर्णय लिएको छ ।

यसैबीच एमसीसीमा सहमति जुटाउन सत्ताधारी गठबन्धनको ‘निर्णायक बैठक’ आज बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि बिहान १० बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

यसअघि एमसीसीबारे शुक्रबारकै बैठकमा निर्णय लिइने तयारी भए पनि सत्ता घटक नेकपा एकीकृत समाजवादीको आग्रहमा दुई दिन पर धकेलिएको हो । एकीकृत समाजवादीको हिजो बसेको बैठकले नेपाली का‌ंग्रेसलाई साथ दिँदै एमसीसी सदनमा टेबल हुन दिने निर्णय गरेको छ । तर अनुमोदनका लागि भने यथास्थितिमा पक्षमा मतदान नगर्ने निर्णय पार्टीले गरेको छ ।

सम्बन्धित समाचार

मध्यराती लुटेरा र प्रहरीबीच गोली हानाहान

बारा, भदौ १९ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।...

ग्रामथानमा चौतारा निर्माण गरि समुदायलाई हस्तान्तरण

विराटनगर, १५ माघ । मोरङको ग्रामथानका एक समाजसेवीले निजी खर्चमा चौतारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन् । ग्रामथान–५ का नेमनारायण चौधरीले स्थानिय मशानचोकमा चौतारा निर्माण गरेका हुन् । विराटनगर–विराटचोक फोरलेन सडक किनारमा चौधरीले १...

उदयपुरमा बम विस्फोट

विराटनगर, १९ मंसिर–उदयपुरको कटारीस्थित चुन ढुंगा खानीमा बम बिस्फोट भएको छ । कटारी–८ स्थित सौर्य सिमेन्टको चुन ढुंगा खानीमा बिहिबार राति १२ बजे बम बिस्फोट भएको हो । विस्फोटका कारण एए स्काभेटर र एउटा मोटर...

विराटनगर आएर ओलीले भने–एमाले देश निर्माणको अभियानमा लागेको छ

विराटनगर,१७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनु भएका छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेश स्तरीय दुई दिन...

४ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कोशी अस्पतालको ओपिडी सेवा बन्द

विराटनगर, साउन १४–चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोसी अस्पतालको ओपीडी सेवा बिहीबारबाट बन्द गरिएको छ । ओपिडीका इञ्चार्जसहित चार जनामा कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएको हो ।...

लहानमा टाउको काटिएको अवस्थामा १ व्यक्तिको शव फेला

जनकपुर, ३० वैशाख-लकडाउनका बेला सिरहामा १ जनाको हत्या गरिएको छ ।सिरहाको लहानमा टाउको काटिएको अवस्थामा १ व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका-१७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको इलाका...

विराटनगरमा चोरी गरेर लैजाँदै गरेको ‘स्कुटी’ सहित एक जना पक्राउ

विराटनगर, १ पुस । विराटगरमा पार्किङ गरेर राखेको स्कुटी चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २२ वर्षीय गणेश कुमार राम रहेका छन् । बुधबार राति साढे सात...

मन्त्रालयकै अलमलले अक्सिजन प्लान्टमा ढिलाइ

धनगढी, ३१ वैशाख । अक्सिजन नपाएर बिरामीहरू अस्पताल र होम आइसोलेसनमा छटपटाइरहेका छन् । सुदूरपश्चिमभरि निजी क्षेत्रबाट सञ्चालित धनगढीस्थित एक मात्र ग्यास उद्योगको मेसिनसमेत बेलाबेला बिग्रन थालेपछि संकट झनै चुलिँदो छ । तर आफैं अक्सिजन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्