बीबीएस चौथो वर्षको रिजल्टमा मेरिल्याण्ड कलेज फेरी नेपाल प्रथम
मङ्गलबार, २१ कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । त्रिभुवन विश्वविद्यालयले हालै प्रकाशित गरेको बीबीएस चौथो वर्षको परीक्षाको नतिजामा विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजका छात्र प्रवेश पौडेलले नेपाल प्रथम गरेको दाबी गरिएको छ । नेपालले ८१.६ प्रतिशत अंक ल्याएर नेपाल प्रथम भएको कलेजले दाबी गरेको हो ।
जम्मा ८४ जना विद्यार्थी सामेल भएकोमा डिस्टीक्सन अंक ल्याई ८ जना, प्रथम श्रेणी ३८ जना र दोश्रो श्रेणीमा २२ जना उतिर्ण सहित ८१ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
यस अघि गत वर्ष पनि सिम्रन अग्रवालले वि वि एस चौथो वर्षको रिजल्टमा ८१.२ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै २०७६ सालमा पनि वि वि एस चौथो वर्षमा छात्र रोहित कार्कीले ८३ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएका थिए । यसै गरी २०७८ सालमा राष्ट्रिय परीक्षा बोर्डद्वारा लिएकोे कक्षा –१२ को परीक्षामा दिया अग्रवालले नेपालकै उच्च ३.९९ जी पी ए ल्याई नेपाल प्रथम भएकी थिईन् ।
मेरिल्याण्डको उत्कृष्ट रिजल्ट आउनुमा कलेजको उत्कृष्ट शैक्षिक वातावरण भएको वि वि एस चौथो वर्षमा ८०.८ प्रतिशत ल्याई तेश्रो वर्षमा पनि कोशी प्रदेशमै उच्च् अंक ल्याउने छात्रा कृति बोहोराले बताइन् । प्रवेश पौडेल हाल मेरिल्याण्ड सि ए मा क्याप वन र क्याप टु उतिर्ण गरि क्याप थ्री मा अध्यनरत छन् । मेरिल्याण्ड कोशी प्रदेशकै उत्कृष्ट व्यवस्थापन अध्यापन गराउने शैक्षिक संस्था मानिन्छ ।
विराटनगर । विराटनगर ९ मा रहेको एम्स कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । त्रिभुवन विश्व विद्यालयले हालै प्रकाशित गरेको बि.एच.एम संकायकोे बिभिन्न सेमेष्टरको नतिजामा तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् । एम्सकी विद्यार्थी...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन १५ दिनको...
विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।विद्यालयले शनिबार नाटक मञ्चनसँगै कविता प्रतियोगिता सम्पन्न...
विराटनगर, चैत ५–नेपाल औषधी व्यवसायी संघ मोरङले बुधवार विराटनगरमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण सम्बन्धी सचेतनामुलक कार्यक्रम तथा त्यसबाट बच्ने सामाग्री वितरण गरेको छ । संघले विराटनगरको ट्राफिक चौकमा सर्वसाधारणलाई भाइरसबाट जोगिन माक्स लगाउने गर्नुपर्छ...
विराटनगर । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये नमूना अस्पताल बनेको हो । सुशासन...
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागवण्डाको खेलमा...
एजेन्सी, चैत ३०--साउदी अरबले मुलुकभर लगाएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को नियन्त्रणका लागि भन्दै साउदी सरकारले अर्को सूचना नआएसम्मका लागि कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।...
काठमाडाैं, २५ असोज-सरकारले तयारी मदिराको पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको छ । २२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । २४ चैत २०७६ मा...