नेपाललाई नयाँ पार्टी खोल्न सुझाउँदै बिजुक्छेले भने – गठबन्धनलाई सरकारको विरोध गर्ने अधिकार छैन

 न्यूज विराट
नेपाललाई नयाँ पार्टी खोल्न सुझाउँदै बिजुक्छेले भने – गठबन्धनलाई सरकारको विरोध गर्ने अधिकार छैन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् ।

मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागवण्डाको खेलमा लाग्ने प्रतिपक्षले सरकारको विरोध गर्नुको कुनै तुक नहुने बताएका हुन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले सत्ताका लागि राजनीतिक अस्थिरतालाई कायम राख्दै चुनावी बाटोसमेत रोक्न खोजेको उनको तर्क थियो ।

एमालेको वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष केपी ओलीसँग मिल्नै नसक्ने भए नयाँ पार्टी बनाउन सुझावसमेत दिँदै नेमकिपाका अध्यक्ष बिजुक्छेले भने, ‘सत्ताका लागि भागवण्डामा लाग्नेले सरकारको विरोध गर्ने नैतिक अधिकार हुँदैन, सधै सरकारको विरोध गरेर अस्थिरता राख्नु हुँदैन, माधव नेपालले ओलीसँग नमिलेको हो भने अलग्गै पार्टी बनाउन कसले रोकेको छ ?’

देशलाई सधै राजनीतिक अस्थिरतामा राख्नु भन्दा चुनावमा जानु नै उत्तम विकल्प भएको भन्दै उनले संसारका विभिन्न देशमा पनि कोभिड–१९ का बीच निर्वाचन भइरहेको भनाइ राखे ।

आफ्नै नेतृत्वमा सरकार गठन गरेर चुनाव गराउने स्वार्थमा अहिले दलहरू लागेको टिप्पणी गर्दै बिजुक्छेले भने, ‘राजनीतिक अस्थिरताको अन्त्य गर्ने उत्तम विकल्प चुनाव मात्रै हो, चुनाव यहाँ मात्र सम्भव छैन भन्नु ठिक होइन, आफैँ सरकारमा बसेर चुनाव गराउने स्वार्थकै कारण अहिले दलहरुबिच झगडा भइरहेको छ, शासकहरू स्वच्छ मतिले बोलिरहेका छैनन् ।’

सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्तिलाई बदर गर्नुको अर्थ पनि अब निर्वाचन हुन्छ भन्ने नै हो भन्दै उनले चुनावबाटै निकास खोज्नुपर्ने औँल्याए । बिजुक्छेले भने, ‘कम्युनिस्टहरुले पूँजीपति वर्गलाई कहिल्यै शासनमा ल्याउँदैनन्, तर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र माधन नेपालले नेपाली कांग्रेसलाई या शेरबहादुर देउवालाई अहिले आएर प्रगतिशील देख्नुको पछाडि केही रहस्य हुनुपर्छ ।’

उनले संसद र राजतन्त्र पुनर्स्थापना नहुने दाबी गर्दै भने, ‘वेस्ट मिनिस्टर सिस्टम असफल सिद्घ हुँदैछ, घुमाइफिराइ चीनको राजनीतिक व्यवस्थामा जानुको विकल्प छैन ।’

बिजुक्छेले थपे, ‘शासक दलहरू भारतबाट प्रभावित भएका छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ, आफूले भने जस्तो नगरे भारतले पुरानो खाता पल्टाउला भन्ने सबैमा डर छ, अहिले भारतको दुवै हातमा लड्डु छ, देशमा अहिले विदेशी प्रभाव छ भने त्यो दक्षिणको मात्रै प्रभाव छ ।’

विगतमा देउवा नेतृत्वकै सरकारले माओवादीका नेताको टाउकाको मूल्य तोकेको स्मरण गराउँदै उनले आफ्नो टाउकोको मूल्य तोक्नेलाई नै अहिले प्रधानमन्त्री बनाउन खोज्नुको रहस्य के हो ? भनेर प्रश्न गरे । रासस

सम्बन्धित समाचार

कुटपिटबाट घाइते वडा अध्यक्षलाई थप उपचारका लागि काठमाडौं पठाइयाे

सुर्खेत, १८ वैशाख-कालिकोट पचालझरना गाउँपालिका –१ का वडा अध्यक्ष रत्नलाल न्यौपानेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बुधबार दिउँसो स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका वडा अध्यक्ष न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार...

लकडाउनमा सक्रिय काठमाडौं महानगर : साढे ६८ हजारलाई राहात, २० हजारलाई नियमित भोजन

काठमाडौं, १५ वैशाख-काठमाडौं माहानगरपालिकाले लकडाउनको अवधिमा आफ्नो सक्रियता बढाएको छ । लकडाउन अवधिमा कतिपय विकास निर्माणका कामदेखि महानगरको सरसफाई र राहात वितरणमा सक्रियता बढाइएको काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्द शाक्यले बताए । महानगरप्रमुख शाक्यले ४५ औँ...

निगमले किन्ने पेट्रोल र डिजेलको खरिद मूल्य घट्यो

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य सूची घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट नेपाल आयल निगमलाई मूल्य घटाएर पठाइएको हो । शनिबार आएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५...

प्रचण्डसँगको भेटमा विष्णु पौडेलले भने : परिस्थिति धेरै गम्भीर छ

काठमाडौं, ५ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा भएको प्रचण्डसँगको छलफलमा महासचिव पौडेलले पार्टीको वर्तमान परिस्थिति धेरै गम्भीर रहेको बताए ।...

विराटनगरमा हिजाे अवतरण हुन नसकेकाे बुद्ध एयरको जहाज आजदेखि पुन: उडानमा

विराटनगरमा अवतरण गर्न नसेकी हिजो काठमाडौं ल्याएर ल्यान्डिङ गराइएको बुद्ध एयरको जहाजले आजदेखि पुन: उडान सुरु गरेकाे छ । नागरिक उड्ययन प्राधिकरणले अनुगमन गरेर अनुमति प्राप्त गरेपछि पुन: उडान सुरु गरिएको बुद्ध एयरले जनाएको छ । साेमबार बिहान ८...

निर्वाचन आयोगले भन्योः नेकपा एमाले दर्ता गर्न निवेदन आएको छ 

काठमाडौं, १६ असार -नेकपा एमाले पार्टी नामको राजनीतिक दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।हिजो (सोमबार) सन्ध्या तिवारीले उक्त निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । ‘नेकपा...

जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनसन शुरू

जनकपुर, ७ साउन । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा जनकपुरमा पनि रिले अनसन शुरू भएको छ । कांग्रेस नेता नबलकिशोर यादवको अध्यक्षतामा...

चीनले सन् २०२० भित्रै कोभिड- १९ खोपको ६१ करोड मात्रा उत्पादन गर्ने

एजेन्सी, ९ असोज-कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीले शुक्रबार गरेका छन् । विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्