औषधी व्यवसायी संघ मोरङद्धारा माक्स वितरण र कोरोना भाइरस सम्बन्धी सचेतना

 न्यूज विराट
औषधी व्यवसायी संघ मोरङद्धारा माक्स वितरण र कोरोना भाइरस सम्बन्धी सचेतना

विराटनगर, चैत ५–नेपाल औषधी व्यवसायी संघ मोरङले बुधवार विराटनगरमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण सम्बन्धी सचेतनामुलक कार्यक्रम तथा त्यसबाट बच्ने सामाग्री वितरण गरेको छ ।

संघले विराटनगरको ट्राफिक चौकमा सर्वसाधारणलाई भाइरसबाट जोगिन माक्स लगाउने गर्नुपर्छ भन्ने सचेतना जगाउँदै उनिहरुलाई १ हजार थान माक्स वितरण गरेको हो ।

सोहि अवसरमा संघले भाइरसको संक्रमण सबैभन्दावढी हातमा हुने भन्दै सर्वसाधारणलाई हातलाई भाइरसबाट मुक्त राख्न सेनिटाइजर लगाउनुपर्छ भन्दै सेनिटाइजर लगाइदियो ।

त्यसका साथै कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने तरिका र संक्रमण भयो भनेपनि अपनाउनु पर्ने तरिकासम्बन्धी पर्चा छापेर वितरण गरेको छ।

उक्त अवसरमा संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, महासचिव दीनेश ठाकुर, सचिव हरि रेग्मी, कोषाध्यक्ष विजयकुमार राजवंशी , जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक राकेश पोद्धारलगायतले सर्वसाधारणलाई सेनिटाइजर हातमा लगाइदिने , माक्स र पर्चा वितरण गरेका थिए ।

कोरोना भाइरस सम्बन्धी सचेतना तथा सामाग्री वितरण कार्यक्रममा सहभागी कोशी अस्पताल विराटनगरका फिजिसियन डा.लक्ष्मीनारायण यादवले कोरोना भाइरसको संक्रमणबाट कसरी आफु , परिवार र समाजलाई जोगाउने भन्ने विषयमा जानकारी गराएका थिए ।

संघले पुनः यस किसिमको चेतनामुलक तथा माक्स वितरण तथा सेनिटाइजर लगाउने कार्यक्रम गर्ने उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । उक्त कार्यक्रममा माक्स लिन सर्वसाधारणहरुको घुईंचो लागेको थियो ।

सम्बन्धित समाचार

प्रदेशमा ५ मा कोरोना संक्रमितको संख्या ५३ पुग्यो

बुटवल, २९ वैशाख-परीक्षणको दायरा बढाएसँगै प्रदेश ५ मा काेराेना संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो...

आईपीएल : दिल्लीलाई पहिलो पटक फाइनल पुग्ने मौका

एजेन्सी, २० कात्तिक-यूएईमा जारी १३ औँ सिजनको आईपीएलको पहिलो क्वालिफायरमा आज गत सिजन विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । दिल्ली र मुम्बईबीचको खेल नेपाली समयअनुसार आज साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ...

विराटनगरमा २५ सहित प्रदेश १ मा १७७ जनामा कोरोना संक्रमण

विराटनगर, २५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७७ जनामा कोरोना संक्रमण भएको छ । ७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

जहदाबाट डेढ क्वीन्टल माछाको भुरा बरामद

विराटनगर, १६ माघ । मोरङको जहदाबाट अवैधरुपमा भारतबाट ल्याइएको ठुलो परिमाणमा माछाको भुरा प्रहरीले बरामद गरेको छ । बिहिबार अपराहन्न ४ बजे जहदा गाउँपालिका–७ डुमरिया स्थित नेपाल भारत दशगजा क्षेत्रबाट प्रहरीले १५ सय किलो माछाको...

अज्ञात रोगबाट मृत्यु भएका महोत्तरीका १२ जनामा देखिएन कोरोना संक्रमण

महोत्तरी, २३ वैशाख-महोत्तरीको बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । ११ वैशाखदेखि आइतबारसम्म बर्दिवास-१२ र भङ्गाहा-६ र ७ मा मृत्यु भएका १२ मध्ये ३ जनाको कोभिड–१९ जाँच...

उखु किसानको रकम भुक्तानी नगर्ने मिल संचालकलाई पक्राउ गर्न निर्देशन

काठमाडौं, ३० मंसिर-सरकारले उखु किसानको रकम भुक्तान नगर्ने चिनी मिल संचालकलाई पक्राउ गर्न निर्देशन दिएको छ । उखु किसानको समस्या समाधानका लागि गृहमन्त्रीको अध्यक्षतामा संघीय मामिला, कृषि र उद्योगमन्त्रीहरूसहितको बैठकले उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई...

मन्त्री घिमिरे काेराेना संक्रमणमुक्त

विराटनगर, १ असोज-प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट बिहीबार नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त भएका हुन्...

गणतन्त्र र संविधानको रक्षाका लागि निर्मम हुन सुरक्षाकर्मीलाई गृहमन्त्री लेखकको निर्देशन

विराटनगर । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि निर्मम भएर सुरक्षा प्रदान गर्न निर्देशन दिएका छन्।नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अनि राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्