साउदीमा अनिश्चितकालका कर्फ्यूको अवधि बढाउने निर्णय

 न्यूज विराट
साउदीमा अनिश्चितकालका कर्फ्यूको अवधि बढाउने निर्णय

एजेन्सी, चैत ३०–साउदी अरबले मुलुकभर लगाएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को नियन्त्रणका लागि भन्दै साउदी सरकारले अर्को सूचना नआएसम्मका लागि कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।

साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत २३ मार्चदेखि मुलुकभर बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म लगाइएको २१ दिने कर्फ्यू बढाउन निर्देशन दिएका हुन् ।

गत साता साउदीले रियादलगायतका मुख्य सहरमा २४ सै घन्टा कर्फ्यु लगाउनेगरी समय बढाएको थियो । यी शहरमा मानिसहरूलाई अत्यावश्यक सामग्री किन्नका लागि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर निस्किन दिने गरिएको छ ।

साउदीको गृहमन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि देशका १३ वटै प्रान्तमा आवतजावतमा रोक लगाइएको जनाएको छ । साउदी अरबमा हालसम्म कोरोना भाइरसबाट ४ हजार ३३ जना संक्रमित भएका छन् भने ५२ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

आज सुदूरपश्चिममा ९७ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

धनगढी, ३१ वैशाख -बुधवार धनगढीको प्रयोगशालामा कोरोनाको आशंकामा परिक्षण गरिएका ९७ जनाको थ्रोट स्वाबको नमूनाको नतिजा नेगेटिभ आएको छ । जसमा कैलालीको भजनीका ८, आइसोलेसनमा रहेका कञ्चनपुरको दम्पत्तीसमेत रहेका छन् । भजनीबाट बर्दिया गएकी बालिकामा...

प्रहरीको गोलीले ६ वर्षमा मारिए ७ हजारभन्दा बढी अश्वेत

एजेन्सी, जेठ २०-अफ्रिकी मूलका अमेरिकी नागरिकमाथि लामो समय विभेद हुँदै आएको छ । पछिल्लो समयमा फेरि एक जना अश्वेत अमेरिकी जर्ज फ्लाइडको हत्यापछि प्रदर्शन चर्किएको छ । मिनेसोटामा ४६ वर्षीय फ्लोइडको हत्याविरुद्धको प्रदर्शन राष्ट्रपति भवन...

विराटनगर दरैयावस्तीबाट लागूऔषध सहित एक युवक पक्राउ

विराटनगर, २९ कात्तिक । विराटनगरको सीमा क्षेत्रबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । आज विहान ११ बजे विराटनगर–१६ स्थित नेपाल–भारत सीमा नजिकैको दरैया बस्तीबाट गोरखाको शहिद गाउँपालिका–७ का २२ बर्षीय मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ...

त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं, ३० साउन-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो । ‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले भने,...

काठमाण्डौंका मेयर बालेनले जस्तै, उर्लाबारीका मेयर खरेलले हटाउलान् अवैध संरचना ?

विराटनगर । पछिल्लो समय काठमाण्डौंका मेयर बालेन्द्र शाहले महानगरपालिकाको नक्सा हेर्दै धमाधम अवैध संरचनाहरू हटाउन लागि परेका छन् । काठमान्डुलाई सु– सांस्कृतिक सहर बनाउने प्रण लिएर गत स्थानियतहको निर्वाचनमा काठमान्डौको मेयरमा निर्वाचित भएका शाहले यति...

बीपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर, १६ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका एक जनाको शनिबार राति र अर्का...

इन्डो नेपाल क्रिकेट प्रतियोगिताको पहिलो खेलः आयोजकलाई हराउँदै होराइजन सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुट मिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लबलाई ४५ रनको फराकिलो अन्तरले...

दुर्घटनाग्रस्त हालतमा भेटियो हिजोदेखि हराइरहेको जहाज

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमाल नजिकै मुलखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा जहाज क्षतविक्षत देखिएकाे छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्