कोशी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको ओलीको आरोप

 न्यूज विराट
कोशी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको ओलीको आरोप

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका छन्।

कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रलाई बुधबार विराटनगरमा सम्बोधनका क्रममा ओलीले यस्तो आरोप लगाएका हुन्।

‘‘यस्तो पनि निर्वाचन समिति हुन्छ । अब आइन्दा यस्तो समिति नबनाउनुस्’, उनले भने, ‘निर्वाचन समिति न्यायधीश जस्तो हुनुपर्छ। यता पनि नढल्किने उता पनि नढल्किने।’

उनले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनका क्रममा निर्वाचन समितिमा बसेकाहरुले गडबडी गरेको आरोप लगाए।

‘यहाँको निर्वाचन मैले नजिकबाट हेरेको छु, सुनेको छु। मान्छेले केके बोले थाहा पाएको छु। यसरी निर्वाचन हुन्छ ?’, उनले आक्रोशित मुद्रामा भने, ‘तर पनि निर्वाचन भयो। निर्वाचन समितिलाई धन्यवाद दिन्छु। अबदेखि निर्वाचन समितिले यस्तो काम नगरोस्, यस्तो समिति पनि नबनोस्।’

अध्यक्ष ओलीले नै कोशीको निर्वाचन समितिमाथि धावा बोलेपछि शपथग्रहणमा जम्मा भएका नेता कार्यकर्ता मुखामुख गर्न थाले। उता निर्वाचन समितिका पदाधिकारीहरु पनि ओलीले उठाएको प्रश्नबाट जिल्लिन पुगे।

कोशीमा ओलीको सदासयता पाएका नेता घनश्याम खतिवडा नै अध्यक्षमा निर्वाचित भए। लामो समयदेखि ओलीकै गुटमा रहेका विनोद ढकाल यो निर्वाचनमा पराजित भए।

उता निर्वाचन कमिटीका प्रमुख चूडामणि आचार्यले निर्वाचनमा कुनै किसिमको गलत काम नभएको बताएका छन्। उनले गलत नियत राखेर काम नगरिएको जवाफ दिँदै कोशीका केही नेताहरुले ओलीलाई गलत कुरा रिपोर्टिङ गरेको उल्लेख गरे।

एमाले स्रोतका अनुसार कोशी प्रदेश कमिटी निर्वाचनको मतपत्रमा निश्चित व्यक्ति तोकेर कोष्ठ बनाइएको, मतपत्र व्यवस्थित नभएको र मतगणनादेखि मतदानको लाइनसम्ममा भद्रगोल भएको कुरा ओलीलाई केही नेताले सुनाएका थिए।

सम्बन्धित समाचार

बाक्लो हुस्सु र अत्यधिक गतिका कारण दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर, ८ माघ । सर्लाहीको हरिवन नगरपालिका–४ मा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज...

खुकुलो बनाउदै मोरंगमा फेरी थपियो एक हप्ता निषेधाज्ञाा

विराटनगर, २१ असार । अझ खुकुलो प्रावधानसहित मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले यस अघि भन्दा अझ खुकुलो बनाउदै निषेधाज्ञाको समयावधि एक साता थप गरेको हो । जिल्ला प्रशासन...

६८ फर्मको जरिमाना ४० लाख रुपैयाँ

काठमाडौं,  १७ भदौ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागले १ भदौदेखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिमाना गर्दा १५...

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७० डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३...

प्रदेश १ः निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले प्रदेश १ का सबै निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेर सञ्चालनमा ल्याउन माग गरेको छ । आइतबार प्रदेश १ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका  निजी तथा सरकारी अस्पतालहरूलाई...

सभामुख एमालेको निर्देशनमा चले:मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सहयोगी बनेको आरोप लगाएका छन् । मंगलबार कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभा बैठक स्थगित भएपछि राईले भण्डारी एमालेको निर्देशनमा चल्न खोजेको...

महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी

विराटनगर । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजना तथा म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालको सह आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ।महिला उद्यम समितिकी संयोजक श्रुति शर्माको...

मिस एण्ड मिस्टर रौनियार २०७७ को प्रदेशस्तरिय पहिलो अडिसन विराटनगरमा सम्पन्न

विराटनगर, २४ माघ । मिस एण्ड मिस्टर रौनियार २०७७ को प्रदेशस्तरिय पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको छ । आयोजक एमि इन्टरटेन्टमेन्ट प्रालि, काठमाण्डौले आज विराटनगरस्थित रौनियार सेवा सदनमा आयोजना गरेको कार्यक्रमकाबीच अडिसन सम्पन्न भएको हो।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्