मिस एण्ड मिस्टर रौनियार २०७७ को प्रदेशस्तरिय पहिलो अडिसन विराटनगरमा सम्पन्न - News Birat

मिस एण्ड मिस्टर रौनियार २०७७ को प्रदेशस्तरिय पहिलो अडिसन विराटनगरमा सम्पन्न

न्यूज विराट

विराटनगर, २४ माघ । मिस एण्ड मिस्टर रौनियार २०७७ को प्रदेशस्तरिय पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको छ । आयोजक एमि इन्टरटेन्टमेन्ट प्रालि, काठमाण्डौले आज विराटनगरस्थित रौनियार सेवा सदनमा आयोजना गरेको कार्यक्रमकाबीच अडिसन सम्पन्न भएको हो।

पहिलो अडिसनमा प्रदेश १ का विभिन्न जिल्लाका १४ जना युवायुवतीहरु सहभागि भएका छन् । फागुन १ गते दोश्रो अडिसन समेत विराटनगरमै आयोजना गर्ने आयोजकको तयारी छ ।

रौनियार सामुदायका किशोरीहरूमा भएको प्रतिभा उजार गर्नुको साथै उनीहरूको व्याक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका अबिवाहित युवायुवतीहरू सहभागि भइरहेका छन् ।

यसअघि काठमाण्डौं, जनकपुर र वीरगन्जमा सो प्रतियोगिताको लागि छनौट चरणको अडिसन सम्पन्न भएको कार्यक्रम संयोजक रौनियारले जानकारी दिए । यसअघि तीन स्थानमा भएको छनौट चरणको अडिसनबाट २८ जना प्रतियोगि फाइनलको लागि छनौट भएका भइसकेको आयोजक समितिले जनाएको छ ।

विभिन्न चरणबाट फाइनलमा २५ जना प्रतियोगिहरूलाई लैजाने आयोजकले तयारी गरेको छ । सो प्रतियोगिताको फाइनल काठमाण्डौंमा हुनेछ । प्रतियोगितामा विभिन्न नाम दिएको एवार्डहरू रहेको छ ।

यस प्रतियोगिताको बिजेताले आकर्षण क्राउन, गिफट ह्याम्पर साथै विभिन्न अवसरहरू प्राप्त गर्ने बताइएको छ । यस अघिको मिस्टर रौनियारमा आशिष गुप्ता र मिस निरौयारमा प्रिया रौनियारले उपाधि जितेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles