बाक्लो हुस्सु र अत्यधिक गतिका कारण दुर्घटना, दुई जनाको मृत्यु - News Birat

बाक्लो हुस्सु र अत्यधिक गतिका कारण दुर्घटना, दुई जनाको मृत्यु

न्यूज विराट

विराटनगर, ८ माघ । सर्लाहीको हरिवन नगरपालिका–४ मा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज बिहान ४ बजे दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् प्रवक्ता मदन कुँवरले जानकारी दिए । बाक्लो हुस्सु र अत्यधिक गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles