जिया र प्रश्रय भए ग्रेडेड सिंगिङ्ग स्टार

 न्यूज विराट
जिया र प्रश्रय भए ग्रेडेड सिंगिङ्ग स्टार

विराटनगर । जिया भगत र प्रश्रय विष्ट ग्रेडेड सिंगिङ्ग स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित गेडेड बोर्डिङ स्कुलले बिहीबार स्कुल परिसरमा आयोजना गरेको ग्र्रेडेड सिंगिङ स्टारमा कक्षा १ देखि ५ सम्म जिया र कक्षा ६ देखि १० सम्म अध्ययरत विद्यार्थीहरुबीच आयोजना गरिएको प्रतियोगितामा प्रश्रय प्रथम भएको हो ।

१ देखि कक्षा ५ सम्म अध्यनरत विद्यार्थीहरुबीच भएको प्रतियोगिताको द्धितीय सिम्रन सुवेदी घोषित भइन् । ६ देखि कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरुबीच भएको प्रतियोगिताको द्धितीय कृतिका यादव र तृतीय सुवाश्ना श्रेष्ठ भए ।

प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार प्रवलदिप विश्वास रहेका थिए । विजेताहरुलाई विद्यालयका प्राचार्य प्रेमलाल सिंह सुवाल आकर्षक पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरेका थिए । समय समयमा विद्यालयले विभिन्न आतिरिक्त कृयाकलाप गर्दै आएको प्राचार्य सुवालले जानकारी दिए ।

गायन प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्मका ३२ विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीहरुलाइ कक्षा १–५ र कक्षा ६–१० को दुई समुहमा विभाजन गरिएको थियो ।

सम्बन्धित समाचार

मोरङ प्रहरीलाई सफलता : लखेटेर १५५ केजी गाँजासहित दुई कारोबारी पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरीले मोरङको जहदा गाउँपालिकाको सीमावत्र्ती क्षेत्रदेखिले गाँजा बोक्ने स्कारपियोसँगै दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको...

कोशी प्रदेशको बजेट : स्वास्थ्यमा ३ अर्ब ७ करोड बजेट विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०– ०८१ को लागि स्वास्थ्यमा तीन अर्ब बढी रकम बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय समेत समालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज अध्यादेशबाट आगमी...

४ सय ७० लिटर घरेलु मदिरा नष्ट

विराटनगर । विराटनगर १८ डंग्राटोल स्थित प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । इलका प्रहरी कार्यालय रानी विराटनगरले ४ सय ७० लिटर घरेलु मदिरा बरामद गरि सोमबार नष्ट गरेको हो । विराटनगर १८...

एमाले विराटनगरको अधिवेशन, संस्थापनबाट उम्मेदवारी घोषणा

विराटनगर । विराटनगर महानगरमा नेकपा एमालेको दोस्रो अधिवेशन मंगलबार हुँदैछ । जसमा संस्थापन पक्षले उम्मेदवारहरूको घोषणा गरिसकेको छ। कोशी प्रदेश इन्चार्ज शेरधन राईद्वारा उद्घाटन हुने यस अधिवेशनका लागि हालका अध्यक्ष रोहित कोइरालाले आफ्नो समूहका उम्मेदवारहरूको...

माइतीघरबाट राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता गिरफ्तार

राष्ट्रिय जनमोर्चाका सात जना नेता तथा कार्यकर्तालाई प्रहरीले माइतीघर मण्डलाबाट गिरफ्तार गरेको छ ।बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गरिएकोे विरोधमा धर्नामा बसेका जनमोर्चाका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारमा...

शेयर कारोबारमा हौसिए लगानीकर्ता, एकै दिन ६ अर्बको कारोबार

काठमाडौं, ४ मंसिर-शेयरबजारमा लगानीकर्ताको आर्कषण बढ्दै गएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गर्न थालेको छ । साताको अन्तिम दिन बिहीबार आज पनि सेयर खरिदबिक्री गर्ने लगानीकर्ताको चाप बढ्दा कारोबार रकमले नयाँँ रेकर्ड कायम गरेको छ...

आगलागीबाट १३ लाखको क्षति

पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको छ । मंगलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची...

जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल

विराटनगर, ५ कात्तिक–प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाईन छलफल गरिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्