आगलागीबाट १३ लाखको क्षति - News Birat

आगलागीबाट १३ लाखको क्षति

न्यूज विराट

पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको छ । मंगलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles