माइतीघरबाट राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता गिरफ्तार - News Birat

माइतीघरबाट राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता गिरफ्तार

न्यूज विराट

राष्ट्रिय जनमोर्चाका सात जना नेता तथा कार्यकर्तालाई प्रहरीले माइतीघर मण्डलाबाट गिरफ्तार गरेको छ ।बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गरिएकोे विरोधमा धर्नामा बसेका जनमोर्चाका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।

गिरफ्तारमा पर्नेमा अखिल छैठौँका अध्यक्ष विमल पोखरेल, सचिव सुवास जिसी, केन्द्रीय सदस्य प्रतिभा आचार्य, विवेक जिसी, राष्ट्रिय परिषद् सदस्य सुमन पौडेल र काठमाडौं जिल्ला उपाध्यक्ष ध्रुव बस्याल छन् । त्यस्तै, राष्ट्रिय जनमोर्चाकी गण्डगी प्रदेश संसाद पियारी थापालाई पनि प्रहरीले गिरफ्तार गरेको अखिल छैठौँका अध्यक्ष पोखरेलले जानकारी दिए । उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिहंदरबारमा राखिएको छ । बलात्कारमा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरू धर्नामा बसेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles