एमाले विराटनगरको अधिवेशन, संस्थापनबाट उम्मेदवारी घोषणा

 न्यूज विराट
एमाले विराटनगरको अधिवेशन, संस्थापनबाट उम्मेदवारी घोषणा

विराटनगर । विराटनगर महानगरमा नेकपा एमालेको दोस्रो अधिवेशन मंगलबार हुँदैछ । जसमा संस्थापन पक्षले उम्मेदवारहरूको घोषणा गरिसकेको छ। कोशी प्रदेश इन्चार्ज शेरधन राईद्वारा उद्घाटन हुने यस अधिवेशनका लागि हालका अध्यक्ष रोहित कोइरालाले आफ्नो समूहका उम्मेदवारहरूको नामावली घोषणा गरेका छन्।

संस्थापन पक्षको उम्मेदवारी टिममा अध्यक्षमा स्वयं रोहित कोइराला, उपाध्यक्षमा विराटनगर – ८ का वडाअध्यक्ष राम पोखरेल, सचिवमा विराटनगर– ४ का वडा कमिटी अध्यक्ष नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास र महिला उपसचिवमा कला डाँगी रहेका छन्।

उपसचिवकी उम्मेदवार डाँगी विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ
संस्थापन पक्षबाट महिला उपसचिव पदमा उम्मेदवारी दिएकी कला डाँगीको राजनीतिक यात्रा निकै रोचक छ। उनले आफ्नो राजनीतिक जीवनको थालनी २०६० सालमा महेन्द्र मोरङ क्याम्पसबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मार्फत गरेकी थिइन्।
विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा अहिले श्रमिक र व्यावसायिक संगठनहरूसम्म फैलिएको छ। हाल उनी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी अध्यक्षको रूपमा कार्यरत छिन्। साथै, जनरल फेडेरेशन अफ नेपालिज ट्रेड युनियन (जिफन्ट) मा पनि उनको सक्रिय संलग्नता रहेको छ।
अब महानगरको उपसचिव पदमा आफ्नो राजनीतिक यात्रालाई विस्तार गर्ने लक्ष्यका साथ कला डाँगी चुनावी मैदानमा उत्रिएकी छिन्। विशेषगरी एमालेको स्थानीय राजनीतिमा महिला नेतृत्वको प्रतिनिधित्व गर्दै उनको उदय महत्वपूर्ण मानिन्छ।

अधिवेशनमा १९ वटा वडाबाट प्रत्यक्ष रूपमा चुनिएका २२० प्रतिनिधि, जनसंगठनहरूबाट ७९ प्रतिनिधि र थप मनोनित १५ प्रतिनिधि गरी कुल ३१५ मतदाता सहभागी हुनेछन्।
मोरङ जिल्लामा हालसम्म १२ पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ भने ४ पालिकाको अधिवेशन मिति तय भएको छ। लेटाङ नगरपालिकाको अधिवेशन भने अझै अनिश्चित रहेको छ।

सम्बन्धित समाचार

मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजकोे सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने र निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको...

राष्ट्रपतिद्वारा ५२३ जना कैदीको सजाय मिनाहा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन् । भोलि आइतबार देखि लागू हुने गरी हर्कबहादुर राईसमेत ५२३ जना कैदीहरुको भुक्तान...

विराटनगरका बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द

विराटनगर, साउन २१–समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमित कारोबार बन्द गर्न आव्हान गरेपछि बुधबारदेखि सबै वित्तीय संस्थाहरुले आर्थिक कारोबार बन्द गर्न सहमत भएका छन् । महानगरपालिकाले बैंक...

न्यायलयको पुनर्सरचना आवश्यक

विराटनगर । संघीयताको मर्म अनुसार न्यायलयको पुन संरचना आबश्यक रहेको न्याय क्षेत्रका विज्ञहरूले बताएका छन् ।आज विराटनगरमा आयोजित कोशी प्रदेशका अधिबक्ताहरूका लागि संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै न्याय क्षेत्रका विज्ञहरूले संघीयताको...

दाइजोविरुद्ध अभियान थालेका साजिद सङ्कटका सारथि बन्दै

जनकपुरधाम, ८ वैशाख-जनकपुरधामका एक मुस्लिम युवकको समाजसेवाबारे निकै चर्चा भइरहेको छ । लकडाउनका बेला गरिबलाई राहत दिने नाममा सरकारी पक्ष उदासीन रहेको वेला स्थानीय समाजसेवीले गरिबको पीडामा मलहम लगाउन काम गरेका छन् । कोरोना भाइरसका...

विराटनगरको बसपार्कमा तरवार प्रहार, विजय कामत घाइते

विराटनगर । गुण्डागर्दीमा संलग्न विराटनगर ११ का रेगन कँडेलले तरवार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका छन् ।विराटनगर– ११ बसपार्कमा मंगलबार राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर १२ का विजय कामतलाई...

विराटनगरको बाल सुधार गृहदेखि फरार चार मध्ये एक जना पक्राउ

विराटनगर, १२ असार । विराटनगरस्थित बाल सुधार गृहदेखि फरार भएका चार जना बालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि शनिबार...

अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने

काठमाडौं, २९ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । आइतबार मन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले गरिब र विपन्नको मात्र उपचार गर्ने निर्णय गरेको हो । 'मन्त्रालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्