प्रदेश सभा बैठक, भ्रष्टचार र अनियमितताको छानविन गरिनुपर्ने माग

 न्यूज विराट
प्रदेश सभा बैठक, भ्रष्टचार र अनियमितताको छानविन गरिनुपर्ने माग

विराटनगर । कोशी प्रदेशसभाको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले भ्रष्टचार र अनियमिततामा छानविन गरिनुपर्ने माग राखेका छन् । शुक्रबार बसेको प्रदेशभाको बैठकको शून्य समयमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
शुन्य समयमा प्रदेश सभा सदस्य गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरे । ‘प्रदेशमा भएको भ्रष्टाचार र अनियमितताको विषयमा पनि भ्रष्टाचार विरुद्धको अभियान प्रारम्भ गर्न माग गर्दछु,’ उनले भने । उनले पहिचानवादीसँग वार्ता गर्न यसअघिको सरकारले वार्ता समिति गठन गरेको र सरकार परिवर्तनसँगै त्यो समिति पनि निष्क्रिय भएको अवस्थामा अहिलेको सरकारले वार्ता समिति बनाउन किन ढिला गरेको भन्ने प्रश्नसमेत गरे ।

‘कांग्रेसका १४ वटै जिल्ला सभापतिले नामकरणको सवालमा पुनर्विचार गर्न माग गरेको र माओवादी केन्द्रले पनि प्रदेश समिति, केन्द्रको बैठकले पनि बहुपहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने निर्णय गरिसकेको हुँदा सोही अनुसार वार्तासमिति बनाएर छलफल अगाडि बढाउनु पर्दछ,’ शेर्पाले भने ।

सांसद छविलाल चुँडालले प्रादेशिक अस्पताल भद्रपुरमा नयाँ भवन बन्न नपाइ भत्किएको, बालरोग विशेषज्ञ नरहेको बताउँदै यथोचित व्यवस्थापन गर्न माग गरे । उनले कर्मचारीको अभाव पनि रहेको बताउँदै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद खगेनसिंह हाङ्गामले भूमिहीन र सुकुमवासीहरु वनको जग्गामा बसिरहेको हुँदा ऐन संशोधन गरेर उनीहरुलाई जग्गाको व्यवस्था गर्न माग गरे ।

सांसद निरादेवी खनालले प्राकृतिक प्रकोप, बाढी पहिरो, नियन्त्रणको लागि दीर्घकालिन कदम चाल्नुपर्ने, विस्थापितको व्यवस्थापन गर्नुपर्ने, सम्भावित खाद्यान्न अभावको अवस्थालाई टार्न उचित व्यवस्थापन गर्नुपर्ने माग गरिन् ।

सांसद ममता तामाङ मगरले डेंगुको नियन्त्रणमा सरकारले काम गर्नुपर्नेमा जोड दिइन् । उनले सुनसरीको क्षेत्र नम्बर १ मा डेंगु प्रभावित क्षेत्रको पहिचान गरी नियन्त्रणको अभियान चलाउने र उपचारको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । उनले बराहक्षेत्रमा रहेको बाघखोलामा पुल नभएको भन्दै जनताले सास्ती भोग्नु परेको बताइन् ।

सांसद रमेशकुमार बस्नेतले पनि धरानमा डेंगु नियन्त्रण बाहिर गइसकेको भन्दै १२ हजार बढीमा डेंगु देखिएको र धरानका विद्यालय बन्द भएको, कार्यालय बन्द भएको अवस्था रहेको जानकारी दिए । उनले धरानलाई जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गरियोस् भनेर संघीय सरकारलाई पत्र पठाउँदा पनि तीनै तहको सरकारले बेवास्ता गरिरहेको बताए । धरानमा एकीकृत र समन्वयात्मक काम नहुँदा आपतकालीन अवस्था घोषणा गरेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद विदुरकुमार लिङ्थेपले असार २ गतेको बाढी पहिरोमा परी बेपत्ता भएका १८ जनालाई मृतक घोषणा गर्न माग गरे । उनले बाढी पहिरोले सडकका पुल, विद्युत गृहमा ठूलो क्षति भएको, मानिसहरु विस्थापित भएको भन्दै त्यसको उचित व्यवस्थापन गर्न माग गरे ।

यस्तै संखुवासभाको खाँदबारी कारागारमा कैदी बन्दीलाई हत्या गर्नेको उचित छानबिन गरी कारबाहीको मागसमेत उनले गरे । सांसद सदानन्द मण्डलले सुनसरी बराह नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा कोशी कटानले ४३ घर परिवार बिचल्ली बनाएको बताए । उनले उनीहरुको पुनःस्थापनाका लागि भारतसँग वार्ता गरेर उचित व्यवस्थापन गर्नुपर्ने माग गरे ।

आफ्नो क्षेत्रमा पनि ८० प्रतिशतभन्दा बढी मानिस डेंगुबाट प्रभावित भएको भन्दै उनले नियन्त्रणको पहल गर्न माग गरे । यस्तै सांसदहरु सपना दर्जी, गोपाल तामाङ र उमाकान्त गौतमले पनि शून्य समयमा विभिन्न विषय उठान गरेका थिए ।

सम्बन्धित समाचार

१५ करोडको कारोबार गर्दै सकियो विराट एक्स्पो

विराटनगर । १५ करोडको कारोबार गर्दै विराट एक्स्पो सकिएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन भएको हो । वर्तमान जटिल...

लुम्विनी वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको फाइनलमा, कोशी प्रतियोगिताबाट बाहिरियो

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र वागमती प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा लुम्विनीले लगातार ५ खेलमा जित हात पार्दै एक...

पशुपतिमा किरियापुत्री सेवा बन्द

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय...

यूएईले प्रभावशाली विदेशीलाई नागरिकता दिने

एजेन्सी, १८ माघ-संयुक्त अबर इमिरेट्स (यूएई) ले विदेशी नागरिकलाई पनि नागरिकता दिने कानून ल्याएको छ । यूएईले सक्षम व्यक्तिलाई नागरिकता दिन लागेको जनाएको छ । खाडीका देशका लागि योगदान दिन अझै उत्कृष्ट कार्य गर्न सकुन्...

निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धि जानकारी दिने भएको छ । आयोगले आज एक विज्ञिप्ती जारी गर्दै फागुन १ गतेबाट हरेक दिन अपरान्ह ४ बजे आयोगको...

सरकारी निकायबिच समन्वय नहुँदा विराटनगरको बजार अनुगमन प्रभावकारी नभएको गुनासो

विराटनगर, १३ फागुन । बजार अनुगमन प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । आज विराटनगर महानगरपालिकाको अयोजनामा भएको छलफलमा सहभागिहरूले सरकारी निकायवीच समन्वय नहुँदा अनुगमन प्रभावकारी नभएको बताए ।...

प्रचण्डकी पत्नी सीतादेखि संसद विघटन बदर गर्ने न्यायाधीशहरु विभूषित

काठमाडौं, असोज ३ । सर्वोच्च अदालतका तीनजना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् । अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले यो पदक पाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको...

प्याब्ससन स्पोर्टस मिट : फुटबलमा सनरे र हरैचा मोडल स्कुल फाइनलमा

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्