
जनकपुर, १८ जेठ-सरसफाइकर्मी हड्तालमा बसेपछि वीरगन्ज महानगरको फोहोर शनिबारदेखि उठ्न सकेको छैन । फोहोर उठाउन सडकमा निस्किँदा प्रहरीले कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मी हड्तालमा बसेका छन् ।
सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै हातपात गर्न थालेपछि सरसफाइकर्मी काममा नआएको महानगरका सरसफाई व्यवस्थापन शाखाका सहायक प्रमुख सर्फुद्दिन मियाँले बताए ।
फोहोर नउठ्दा महानगरको चोक, गल्लीगल्लीमा अहिले दुर्गन्ध फैलिन थालेको छ । वीरगञ्ज पावरहाउस चोक, मुर्ली, श्रीपुर, घण्टाघर, माइस्थान, आर्दशनगर, नारायणी अस्पताल नजिकै मेनरोड, छपकैया, नगवा लगायतको क्षेत्रमा २ दिनमै फोहोरको डंगुर थुप्रिएको छ ।