राशिफल

सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदीसहित चार जना पक्राउ

 न्यूज विराट
सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदीसहित चार जना पक्राउ

विराटनगर, १४ पुस । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा सीईओ नवीन सुवेदीसहित चार जना बैंकका कर्मचारी पक्राउ परेका छन् । बैंकमा करोडौं रुपैयाँ हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकका सीइओ सुवेदीसहित चार जना पक्राउ परेका हुन् ।

बुधबार विराटनगरस्थित बैंकको कार्यालयमै पुगेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुवेदीसहित फाइनान्स हेड देवी प्रसाद भण्डारी, र अपरेशन हेड अमित थापामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले यस अघिनै बैंक घोटाला आरोपमा सप्तकोशी बैंक विराटनगर कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराइलाई १९ मंसिरमा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा हिरासतमा राखिएको छ । बैंकमा झन्डै १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको तथ्य बाहिरिएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

‘बैंकिङ कसुरमा बैंकले जाहरी दिएको थियो । हिमाल भट्टराईलाई पहिलेनै पक्राउ गरिएको थियो ।’ उनले भने भने,‘आज थप तिन जनालाई पक्राउ गरिएको हो । अहिले थप अनुसन्धन भइरहेको छ ।’

बैंकका एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा विस्तृत तथ्यसहितको गोप्य उजुरी दिएपछि नेपाल राष्ट्र बैंकले समेत सो विषयमा चासो देखाएको थियो । बैंकका सीईओ सुवेदीसहित कर्मचारीहरुको समूहले मिलेमतोमा बैंक घोटाला गरेको स्रोतको दावी छ ।

यस अघि सवैभन्दा पहिला पक्राउ परेका हिमाल भट्टराईका आफन्तले १२ पुसमा विराटनगरमा पत्रकार सम्मेलन गर्दै सिईओ सुवेदीकै योजनामा बैंक घोटाला भएको आरोप लगाएका थिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...