यस कारण कोरोना भाइरस सङ्क्रमण सरकारले लुकाउन सक्दैन

 न्यूज विराट
यस कारण कोरोना भाइरस सङ्क्रमण सरकारले लुकाउन सक्दैन

चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९) देखिएको छैन ।तर सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल , टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको छ ।

नेपालमा कोरोना भाइरस देखिसकेपछि सरकारले लुकाएर लुकाउन सकिने विषय होइन । किनकी विश्व स्वास्थ्य संगठनको प्रत्येक्ष निगरानीमा कोरोना भाइरसको परीक्षण हुने गर्दछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले नेपालमा कोरोना भाइरस नआएको दाबी गर्दै समाज हल्लाको पछाडि लागेको बताए ।

‘कोरोनाबारे जनचेतना र सही सन्देश भन्दा अफवाह फैलाउने काम धेरै भयो, निर्देशक डा.पाण्डेले भने, ‘सम्बन्धित विज्ञले भन्दा पनि अन्य व्यक्तिले कोरोना सम्बन्धमा बोल्दा अचम्म लाग्छ ।’ उनले हल्लाको पछाडि नदौडन आग्रह गरे ।

केन्द्रीय प्रयोगशालाका टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले कतिपय अनलाईन मिडियाले आफ्नो नाम लिएर कोरोना देखिएको भन्दै अनर्गल प्रचार गरीरहेको बताए । उनले हालसम्म नेपालमा कुनै व्यक्तिलाई पनि कोरोना भाइरस नदेखिएको प्रष्ट पार्दै कोरोना लुकाएर नलुक्ने जानकारी दिए । उनले ५५८ जनाको कोरोना भाइरस परीक्षण गर्दा एक जनालाई पनि कोरोना नदेखिएको जानकारी दिए ।

यसकारण कोरोना भित्रिएको छैन नेपालमा

विश्वस्वास्थ्य संगठनका दुई जना कर्मचारी नियमित राष्ट्रिय प्रयोगशाला बस्ने गरेका छन् । उनीहरुले कोरोना आशंका गरिएका व्यक्तिको भिडियो, अडियो र फोटो खिचेर रेकर्ड राख्ने गर्दछन् । एक जना चिकित्सक र एक जना प्याथोलोजिष्ट नियमित रुपमा बस्ने गर्दछन् ।

उनीहरुले विश्व स्वास्थ्य संगठनलाई नियमित रुपमा रिपोर्ट बुझाउनुपर्ने हुन्छ । त्यसैले पनि अनर्गल प्रचारमा लागेर समय खेर फाल्नु र मनमा त्रास उब्जाउनुभन्दा सरकारको आधिकारीक सूचना हेर्नु उपयुक्त हुन्छ ।

चीनबाट आएका एक विद्यार्थीलाई देखिएको थियो कोरोना

दुइ महिना अघि अथात् माघ १० गते चीनबाट नेपाल आएका एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

चीनको वुहानबाट नेपाल फर्किएपछि शुक्रराज सरुवा रोग अस्पताल टेकु पुग्दा कोरोनाको आशंकामा उहाँको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो । त्यो बेला नेपालमा कोरोना भाइरस परीक्षण गर्ने कीट नभएको कारण हङकङमा परीक्षण गर्न पठाएको थियो ।

त्यो बेला पनि विश्व स्वास्थ्य संगठनको समन्वयमा कोरोना परीक्षण गर्न हङकङ पठाइएको थियो । माघ १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेरै चीनबाट आएक एक नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । कोरोनाको संक्रमण भएका विरामीलाई चिकित्सकको उच्च निगरानीमा राखेर उपचार गरी पूर्ण स्वस्थ भएपछि डिस्चार्ज गरिएको थियो ।

टेकु अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाले कोरोना भाइरसहरुको एउटा समूह रहेको बताउँदै यसबारे व्यापक रुपमा समाजमा अफवाह फैलाइरहेको बताए । उनले कोरोनाले मानिसलाई सामान्य रुघाखोकीदेखि लिएर घातक संक्रमणसम्म गराउन सक्ने भन्दै वृद्धवृद्धा , दीर्घरोगीलाई कोरोनाले बढी संक्रमण गर्न सक्ने बताए । चीनबाट सरु भएको कोरोना भाइरस पछिल्लो समय एकसय ८१ देशमा फैलिसकेको छ ।गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College