कोशी प्रदेशमा ८ हजार मुद्दा दर्ता, ५२ करोड बढी राजश्व संकलन

 न्यूज विराट
कोशी प्रदेशमा ८ हजार मुद्दा दर्ता, ५२ करोड बढी राजश्व संकलन

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा प्रहरी कार्यालयमा ८ हजार बढी मुद्दा दर्ता भएका छ । कोशी प्रदेशमा ८ हजार ७१९ मुद्दा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

आर्थिक वर्षमा दर्ता भएको मध्ये २ हजार ७ सय ७३ वटा मुद्दा फछ्र्यौट भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कंडेलले बताए । उनका अनुसार ५ हजार ९४६ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जानकारी दिए । प्रहरीको अनुसार कर्तब्य जयन मुद्दामा ७८ वटा दर्ता भएका ३३ वटा मुद्दा फछ्र्यौट भएको छ । ४५ मुद्दा बाँकी रहेको छ । यस्तै आत्महत्या १ हजार ५५०, ज्यान सम्बन्धी ७१ दर्ता भएको मध्ये ६ फछ्र्यौट ६५ वटा बाँकी रहेको छ । यस्तै मानव बेचविखन १४ दर्ता भएका मध्ये ७ फछ्र्यौट, ७ बाँकी, जवरजस्ती करणाी ५६५ मुद्दा दर्ता भएका मध्ये २६४ फछ्र्यौट, ३०१ बाँकी रहेको छ । यसैगरी जवरजस्ती करणी उद्योगमा १ सय १२ मुद्दा दर्ता भएको मध्ये ५० फछ्र्यौट, ६२ मुद्दा बाकी, लागूऔषधमा ७८९ मुद्दा दर्ता भएको मध्ये २८८ मुद्दा फछ्र्यौट, ५ सय १ वटा मुद्दा बाँकी रहेको छ । सामाजिक अपराधमा १ हजार ६१२ वटा दर्ता भएका मध्ये १ हजार ८२ मुद्दा फछ्र्यौट र ५३० मुद्दा बाँकी रहेको छ ।

समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए ।
फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १ हजार ४ सय ६६ जना फरार प्रतिवादीहरु पक्राउ गरी ९ सय ४३ बर्ष ७ महिना २ दिन कैद र ४ करोड २४ लाख १२ हजार ३ सय २२ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १०० जना मानिस पक्राउ गर्नुका साथै २६ करोड ९८ लाख ३८ हजार ९ सय ८० रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ७४ जना मानिस र ३३३ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३९ लाख २८ हजार ५ सय ३५ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३८ जना मानिस पक्राउ गर्नुका साथै ५ हजार ९ सय ६१ क्यू.फिट. काठ बरामद गरी १ करोड ३१ लाख ४५ हजार ३ सय ५७ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षमा ट्राफिक नियम उलंघन गर्ने ३ लाख १ हजार ७ सय ४९ वटा सवारी साधनलाई कारवाही गर्दा २३ करोड ४८ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी लागूऔषध नियन्त्रण तर्फ गाँजा ५ हजार ८ सय १५ केजी ४९२ ग्राम ७०० मिलीग्राम, अफिम २७ ग्राम ६८ मिलिग्राम, ब्राउनसुगर २ केजी ७९ ग्राम ८४९ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु २७ हजार ६ सय १८, मनोद्धिपक एम्पुल १० हजार १ सय ७५ र मनोद्धिपक औषधीहरु ३१७ क्याप्सुल नियन्त्रण गरिएको र १ हजार ७ सय ६३ रोपनी क्षेत्रफलमा लगाएको ६ लाख ७५ हजार ३ सय १४ बोट गाँजा नष्ट गरिएको छ । यस आर्थिकमा कुल ५२ करोड १७ लाख ७८ हजार ८ सय ७२ रुपैयाँ राजश्व संकलन भएको छ ।


यसका साथै यस आर्थिक बर्षमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रदेश भरी बिभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु तिब्रताका साथ संचालन गरिएको छ । जस अन्तरगत साईबर अपराध, आत्महत्या न्युनिकरण, ट्राफिक सचेतना, घरेलु हिंसा, महिला हिंसा, मानव बेचबिखन लागुऔषध दुर्ब्यसन लगायत ३६ हजार ८ सय ८१ स्थानमा बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरीएको र उक्त कार्यक्रमबाट १० लाख ३१ हजार ३५१ जना भन्दा बढी नागरीकहरु लाभान्वित भएको कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिएको हो ।

सम्बन्धित समाचार

बढ्यो कोरोना संक्रमित हुनेको संख्या, बुधबार भेटिए ६६२ संक्रमित

दसैं चाड सकिएसँगै कोरोना संक्रमित भेटिने दर पनि बढेको छ । बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएको कुल ८ हजार ४ सय २६ नमूना परीक्षणबाट सो संख्यामा...

ट्याक्टरबाट लडेर दुई जनाको मृत्यु

विराटनगर, १४ माघ । उदयपुर कटारी–४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी–४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई...

विराटनगरको मेयरका लागि नागेश कोइरालाले गराए उम्मेदवारी दर्ता

विराटनगर, १२ वैशाख । विराटटनगरको मेयरका लागि पाँच दलिय गठबन्धनको तर्फबाट नागेश कोइरालाले उम्मेदवारी दिएका छन् । सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् । उपमेयरमा गठबन्धनको तर्फबाट उपेन्द्र यादवका...

राजस्व हिनामिना प्रकरण : फरार रहेका यातायताका पाँच जना पूर्व कर्मचारी पक्राउ

विराटनगर । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जना यातयातका पुर्व कर्मचारी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीका तत्कालिन लोखापाल मणिराज दाहालसहित पाँच जना पक्राउ परेका हुन्...

मुटुरोग उपचार केन्द्र बनाउने हस्पिटलको निरीक्षण

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरस्थित सक्रामक रोग तथा सघन उपचार केन्द्रलाई मुटुरोग उपचार केन्द्र बनाउने तयारी गरेको अस्पतालको निरीक्षण गरिएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान् कोइरालासहितको प्राविधि टिमले बुधबार साझ निरीक्षण...

पत्रकारमाथि कुटपिट गर्ने मेयर र कर्मचारीविरुद्ध अझै कारबाही भएन

जनकपुर, पुस २५–धनुषामा पत्रकारमाथि कुटपिट भएको चार दिन बितिसक्दा पनि कारबाहीको प्रक्रिया अघि बढेको छैन । नगरपालिकाका कर्मचारीले मेयरकै अगाडी आधा दर्जन पत्रकारहरूलाई हातपात गर्दै कार्यालयको कम्पाउण्डसम्म लगेका थिए । प्रहरीले पहिलो दिन नै नगरपालिकाबाट...

भारतमा अबको १२५ दिन क्रिटिकल हुने

भारतको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको हिसाबमा अबको १०० देखि १२४ दिन निकै कष्टकर हुने बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय नीति आयोगका सदस्य डा. वीके पौलले यस्तो बताएका हुन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित...

रूकुमको घटना कहाली लाग्दो र दर्दनाकः शान्ता चौधरी

काठमाडौं, जेठ १७–नेकपा सांसद शान्ता चौधरीले रूकुमको घटना कहाली लाग्दो र दर्दनाक भएको बताएकी छन् । उनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रूकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी हुन् । प्रेम विवाह अपराध नभएको उल्लेख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्