राशिफल

गुट बलियो बनाउने सिटौला रणनीति

 न्यूज विराट
गुट बलियो बनाउने सिटौला रणनीति

काठमाडौं, चैत ४–महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू आ–आफ्नो गुट बलियो बनाउने रणनीतिमा लागेका छन् । २०७७ सालको फागुन पहिलो हप्ता १४ औं महाधिवेशन गर्न कार्यतालिकासमेत सार्वजनिक गरिसकेको कांग्रेसभित्र मुख्य गरी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको तीन गुटसहित अन्य प्रभावशाली नेताहरूको उपगुट क्रियाशील देखिन्छ।

फेरि नेतृत्व हत्याउने रणनीतिमा लागेका सभापति शेरबहादुर देउवाले आफ्नो गुट बलियो बनाउन आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेर र विभाग गठन गरेर जिम्मेवारी बाँडफाँड गरिरहेका छन् । वरिष्ठ नेता पौडेल सभापति देउवाका पछिल्लो समय गरेका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै व्यापक आलोचनासहित जिल्ला दौडाहमा लागेका छन् । नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचार

एभरेष्टमा चाँडपर्वको अवसरमा बिविध कार्यक्रम

विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत सञ्चालित विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरी विद्यालयमा आज मुख्य चाँडपर्वहरुको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपालीहरुका महान पर्वहरु बडादशैं, तिहार, छठलगायतका पर्व कसरी मनाइन्छ भन्ने  झल्को दिने गरि...

मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...

विराटनगरमा पर्यटन सूचना केन्द्रको स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...

औषधी व्यवसायी देशबन्धु ढकालले जन्मदिन वृद्धाश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले फजुल खर्च...