प्याब्सन विराट कप सोमबारदेखि, २३ विद्यालयको सहभागि

 न्यूज विराट
प्याब्सन विराट कप सोमबारदेखि, २३ विद्यालयको सहभागि

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट सोमबारदेखि सुरु हुने भएको छ । प्याब्सन विराटनगरको आयोजनामा हुने उक्त प्रतियोगिता सोमबारदेखि विराटनगरस्थित सहिद मैदानमा हुने भएको हो ।

प्याब्सनले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । असार ५ गते हुने प्रतियोगिताको फाइनलमा विराटनगरका २३ वटा विद्यालयले भाग लिएको प्याब्सन विराटनगर फुटबल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर ५ लाख रुपैयाँ लाग्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । प्रतियोगिताको विभिन्न ८ वटा विधामा पुरस्कार वितरण पनि गरिनेछ । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको अध्यक्ष बुढाथोकीले बताए ।

गत वर्षको बिजेता विराटनगरको डनबक्सको स्कुल भएको थियो । यस पटकको प्रतियोगिता भयरहित बावतरणमा भव्य र सभ्य तरिकाले प्रतियोगिता हुने प्याब्सन विराटनगरका सल्लाहकार इन्द्र राईले बताए ।

सम्बन्धित समाचार

विराटनगरको ‘स्काइ लन्च’ मा शनिबार पुल पार्टी हुँदै, चर्चित डिजेले उफार्ने, गायकले नचाउने

विराटनगर । विराटनगरमा लामो समयपछि पुल पार्टी हुने भएको छ । चर्चित डिजे कडीको साथमा विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरको सातौँ तलामा रहेको ‘स्काइ लन्च’ रेस्टुरेन्टमा पुल पार्टी शनिवार दिउँसो २ बजेबाट सुरु हुने भएको...

सरकारको प्रशंसामा केन्द्रित नीति तथा कार्यक्रमले जनताको दुःख बुझेन : शशांक कोइराला

काठमाडौं ५ वैशाख-नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य डा. शशांक कोइरालाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको प्रशंसामा केन्द्रित भएको दाबी गरेका छन् । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक...

भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम...

भारतमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन भेटिए ७८ हजार संक्रमित

एजेन्सी, भदौ १५-भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पहिचान भएका छन् । यो अवधिमा  ७८ हजार ५ सय १२ जना नयाँ संक्रमित भेटिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसै अवधिमा ९ सय ७१...

कोरियामा श्रमिक लैजान रोक

काठमाडौं, माघ २९ । केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका देशबाट श्रमिक...

एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव : मन्त्री राजभण्डारी

विराटनगर । कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव भएको बताएका छन् । पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले आह्वान गर्दै समिति बनाएपनि पहिचानवादीले बेवास्ता गरेको भन्दै...

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

काठमाडौं, ३२ जेठ-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज सचिवालय बैठक बोलाएको छ ।  शनिबार संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएसँगै नेकपाले सचिवालय बैठक बोलाएको हो ।  दिउँसो ४ बजे प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा...

कोरोनाबाट भारतमा ४ सय २९ जनाको मृत्यु, ३ दिनमै ९० जनाले गुमाए ज्यान

एजेन्सी, बैशाख ४-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो क्रममा छ। यहाँ संक्रकणका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आजसम्म ४ सय २९ पुगेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्