विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ, आज ३ बजे सार्वजानिक गर्दै प्रहरी

 न्यूज विराट
विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ, आज ३ बजे सार्वजानिक गर्दै प्रहरी

विराटनगर । सुनसरीको धरानको सडकखण्डमा विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चौधरीको हत्या आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोसहित पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या आरोपीलाई घटना भएको १२ दिनपछि पक्राउ गरी सर्वाजानिक गर्ने तयारी गरेको छ । आज दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी हत्या आरोपीलाई सार्वजानिक गर्ने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
प्रहरीले हत्या कारण र आरोपीको नाम अहिले गोप्य राखेको छ । ‘पत्रकार सम्मेलनमा घटनाको बारेमा जानकारी दिनेछौं,’ डिआइजी बास्तोलाले भने, ‘ अहिले मैले यति भने ।’ यस घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय रिट र सुनसरी प्रहरीले संयुक्त रुपमा अनुसन्धान गर्दै आएको छ ।

साउन ५ गते चौधरीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । साथीसँग मूलघाटबाट विराटनगर आउँने क्रममा जंगलमा उनको दाहिने कोखमा गोली लागेको थियो । उपचारको क्रममा बीपी कोइरला विज्ञान प्रतिष्ठान धारनमा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

‘तत्काल कक्षा ११ को परीक्षा नगर्नू’

 काठमाडौं, २३ साउन-राष्ट्रिय परीक्षा बोर्डले तत्काल कक्षा ११ को परीक्षा नलिन निर्देशन दिएको छ । सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेकाले परीक्षा नगर्न निर्देशन दिएको हो । बोर्डले ११ को परीक्षा विद्यालयलाई नै गर्न भनेपछि...

सञ्चार क्षेत्रका लागि विशेष प्याकेज ल्याउन प्रेस युनियनको आग्रह

नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । युनियनका अध्यक्ष बद्रि सिग्देलले आज एक विज्ञप्तिमार्फत...

जम्मू-कश्मीरकाे मन्दिरमा भागदाैड मच्चिँदा कम्तीमा १२ जनाकाे मृत्यु

एजेन्सी, १७ पुस । भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवीको मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा मन्दिरमा मेला लागेको थियो । कटराका सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी डा....

मोरङ प्रहरीलाई सफलता, चोरीको ३६ केजी चाँदी भारत बेच्न लैजादा तीन जना प्रहरीको फन्दामा

विराटनगर । मोरङ प्रहरीले ३६ केजी चाँदी सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ...

सरकारले ल्याएका २ अध्यादेश खारेज गर्न राजपाको माग

सोमबार सरकारले पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएका २ अध्यादेश खारेज गर्नको लागि राष्ट्रिय जना पार्टी (राजपा) नेपालले माग गरेको छ । राजपाका संयोजक शरदसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले...

आज देशभर १ हजार २४६ संक्रमित थपिए, १ हजार २४३ डिस्चार्ज

काठमाडौं, १ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

माईभ्याली फुटवल क्लब क्वाटर फाइनलमा प्रबेश

इलाम, फागुन १६–इलाममा जारी छैटौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आयोजक माईभ्याली फुटवल क्लब क्वाटर फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फूटवल क्लबलाई शुन्यका बिरुद्ध २...

घरेलु तथा साना उद्योग महासंघको अधिवेशन शनिबार, एक दिने प्रर्दशनीमा ६० स्टल रहने

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन हुने भएको छ । महासंघ अन्र्तगतको महिला उद्यम समिति मोरङको २१ औं साधरणसभा र १० औं अधिवेशन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्