एजेन्सी, १७ पुस । भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवीको मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा मन्दिरमा मेला लागेको थियो ।
कटराका सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी डा. गोपाल दत्तले भागदौडमा कम्तीमा १२ जनाको मृत्यु भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ज्यान गुमाउनेको संख्या बढ्ने सक्ने समाचारमा जनाइएको छ । भागदौडमा कैयाैँ घाइते भएका छन् । उनीहरूलाई अस्पताल दौडाइएको छ ।
यो दुर्घटना आज बिहान ३ बजेतिर भएको हो । प्रारम्भिक रिपोर्टका अनुसार एकअर्कालाई धक्का दिने क्रम सुरु भएसँगै भागदौड मच्चिँदा स्थिति अनियन्त्रित बनेको हो ।