मोरङ प्रहरीलाई सफलता, चोरीको ३६ केजी चाँदी भारत बेच्न लैजादा तीन जना प्रहरीको फन्दामा

 न्यूज विराट
मोरङ प्रहरीलाई सफलता, चोरीको ३६ केजी चाँदी भारत बेच्न लैजादा तीन जना प्रहरीको फन्दामा

विराटनगर । मोरङ प्रहरीले ३६ केजी चाँदी सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीहरू पेसेवर चोरीमा संलग्न गिरोह रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले ३ जेठमा राती ९ः४५ बजे विराटनगर ३ पिपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन, ३६ केजी चाँदी चोरी गरेको आरोप छ । चोरी गरेको एक हप्तापछि चाँदी बिक्री गर्न भारत लैजाने क्रममा प्रहरीले उनीहरूलाई विराटनगर १२ कोशीप्रोजेक्टबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट ३६ केजी चाँदी, आठ ग्राम सुन, २ हजार ५ सय भारु १ हजार ७३० नेरु बरामद गरेको छ । चोरी गरेको २० तोला सुन भारतको जोगवनीमा बिक्री गरेको पक्राउ परेका प्रतिवादीहरुले बयानको क्रममा प्रहरीलाई बताएका छन् । उनीहरुले भारतको जोगवनीमा ७ लाखमा वेचेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको एसपी पोखरेलले बताए ।
बरादम गरेको चाँदी, सुन र पक्राउ परेका आरोपीहरुलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । चोरीको जानकारी पाउन साथ सुक्ष्म अनुसन्धान गरी चोरीमा संलग्नसमक्ष पुग्न सकिएको प्रहरीले जनाएको छ । पक्राउ परेका समूहले २० तोला सुन र ३६ तोला चाँदी १५ मिनेट भित्रमा चोरेर फरार भएको अनुसन्धानबाट खुलेको एसपी पोखरेलले जानकारी दिए । ‘घरको ढोका फोरेर भित्र प्रवेश गरेको १५ मिनेट भित्रमा चोरेर सुन र चाँदी ब्यागमा हालेर फरार भएको खुलेको छ,’ उनले भने, ‘त्यसपछि चोरी गरेको सामान ब्यागमा हालेर तीनै जना प्रतिवादीहरु हाटखोला स्थित दिव्यरत्न होटेलमा ३ दिन बसेको खुलेको छ ।’

पक्राउ परेका तीन जना प्रतिवादी चोरी गर्ने घरका छिमेकी हुन् । उनीहरुले पहिलादेखि घर रेकी गरेर कोही नभएको मौका छोपेर चोरी गरेको प्रहरीले जनाएको छ । ‘चोरीमा पक्राउ परेका प्रतिवादीहरू अरु चोरीको घटनामा पनि संलग्न रहेको हुनसक्न भएकोले हामीले त्यस विषयमा पनि अनुसन्धान सुरू गरेका छ,’ एसपी पोखरेलले भने ।
पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । विवेक कामत चोरी मुद्दामा यसअघि २०७९ साउन २२ गते देखि ९ महिना कैद भुक्तान गरेपछि वैशाख २८ गते छुटेका थिए । श्रिकान्त दास डाँका चोरी मुद्दामा २०७७ पुस २९ गते २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका थिए । कारगारबाट कैद भुक्तान गरेपछि उनीहरु पुरानै धन्दामा लागेको पाइएको छ ।
एसपी पोखरेलले चोरीको घटना बढेकोले सुरक्षा सावधानी अपनाउन सर्वसाधरणलाई आग्रह गरे । सवारीधनीहरुले अतिरिक्त लक एवं सुरक्षाका उपायहरु नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको सवारी धनीपनि सचेत हुनुपर्ने उनले बताए ।

सम्बन्धित समाचार

आज देशभर ७ सय ६८ जनाले जिते कोरोना

काठमाडौं, १६ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त ७ सय ६८ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विधिन्न संस्थागत...

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं, जेठ ३-नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित बर्दिया नार्खु-११ की २८ वषीया महिला,...

कालीखोलामा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

चितवन, ३ असार-नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो खस्दा सडक अवरूद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता...

सुनको मूल्यमा झिनो गिरावट

सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । बिहीबार प्रतितोला एक सय रुपैयाँ घटेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बुधबार प्रतितोलामा ९२ हजार १००...

संवैधानिक परिषद् अध्यादेश र नियुक्तिसम्बन्धी सुनुवाइ चाँडो गर्न प्रधानन्यायाधीशसहित सबै न्यायाधीशलाई पत्र

कानुन अध्ययन गरिरहेका विद्यार्थीहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई पत्र पठाएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसले गरेका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ यथाशीघ्र गर्न माग गर्दै समृत खरेल,...

बालिका बलात्कार आरोपमा दाइ पक्राउ

डडेल्धुरा, ६ असार-कञ्चनपुरमा ९ वर्षीया बालिका बलात्कार आरोपमा दाइ पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-१० की ९ वर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली घर भएर कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र...

मोरङको कानेपोखरीमा एमालेको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले फराकिलो मत अन्तरले अग्रता कायम गरेको हो । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती...

गैरसांसद सात मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्