कोशी प्रदेशमा मन्त्रीपरिषद विस्तार, तीन जना मन्त्रीले लिए शपथ

 न्यूज विराट
कोशी प्रदेशमा मन्त्रीपरिषद विस्तार, तीन जना मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले तीन मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथसमेत लिएका छन् ।

माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरूमध्ये प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ज्वाई आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ । अन्य मन्त्रीको भने जिम्मेवारी तोकिएको छैन ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेसका प्रदिप सुनुवार र एकीकृत समाजवादीका कमल जबेगुलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

सम्बन्धित समाचार

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : विराटनगरलाई हराउँदै जोगवनी विजय

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब विजयी भएको छ । विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा घरेलु टिम बिसीसीए विराटनगरललाई ६२ रनले हराउँदै जोगवनी विजय...

ग्रीन टायर्सले स्वदेशी रबर प्रयोग गरी ट्याक्टर र हाते ट्याक्टरका टायर उत्पादन गर्दै

विराटनगर, २६ साउन । ग्रीन टायर्स प्रालिले कृषि क्षेत्रका लागि टायर उत्पादन गर्ने प्रकृया अघि बढाएको छ । यस उद्योगले कृषि क्षेत्रमा प्रयोग गरिने ट्याक्टर र हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भूमि, सारथी मोडलका ठूला...

विराटनगरमा कराँते प्रतियोगिता हुँदै, भारत र नेपालका ९ टिमको सहभागि रहने

विराटनगर । वैशाख अन्तिम साताबाट विराटनगरमा खुल्ला कराँतै प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरस्थित कभड हलमा हुने भएको हो । विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका...

श्री हस्पिटलमा नयाँ व्यवस्थापन, सर्जरीमा ल्यायो प्याकेज

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटल नयाँ व्यवस्थापनको टिम आएको छ । ६ जनाको नयाँ टिम भित्र्याएर अस्पतालले स्वास्थ्य उपचार सेवा सुरु गरेको हो । २५ शैय्याको श्री हस्पिटलमा सुनिल राय, सुरेन्द्र कुमार...

होटल क्षेत्रका कर्मचारीलाई चैतको पूरै तलब, वैशाखबाट आधा

ठूला होटलहरूले चैत महिनामा कर्मचारीको पूरा तलब दिएको बताएका छन् । विशेषगरी तारे होटलहरूको संस्थाका रूपमा चिनिने होटल एशोसियसन अफ नेपालले चैतमा कमजोर अवस्थाका बीच कर्मचारीलाई पूरा तलब दिइसकेको जानकारी गराएको छ । अब भने...

ढुंगाले किचेर १ जनाको मृयु

विराटनगर, १६ मंसिर । संखुवासभा चिचिला गाँउपालिका ३ सोलाखानी स्थितमा ढुंगाले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ बर्षिय मुगेरी लाल...

मिडिया संचालक खत्ताबविरुद्ध मोरङ अदालतमा मुद्दा दायर

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक अब्दुल खत्ताबविरुद्ध मुद्दा दायर भएको छ । विराटनगरका उद्योगपति अरूणकुमार राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अंगभंगको...

ट्रक व्यवसायी संघमा चुनाव नगराउने षड्यन्त्र, उच्च अदालतले दियो अल्पकालीन आदेश

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघलाई साधारण सभा तत्काललाई नगर्नु नगराउनु भनी उच्च अदालत विराटनगरले संघका नाउँमा अल्पकालीन आदेश जारी गरेको छ । निवेदक मेघराज सिग्देल सहितले उच्च अदालत विराटनगरमा विपक्षी विराटनगर ट्रक व्यवसायी संघका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्