ढुंगाले किचेर १ जनाको मृयु - News Birat

ढुंगाले किचेर १ जनाको मृयु

न्यूज विराट

विराटनगर, १६ मंसिर । संखुवासभा चिचिला गाँउपालिका ३ सोलाखानी स्थितमा ढुंगाले किचेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ बर्षिय मुगेरी लाल सिंह रहेका छन् ।

हिजो राति साँवा ७ बजे निर्माणाधिन सुरुङ भित्र काम गर्ने क्रममा अचानक माथिबाट ढुङ्गा झरेर किचि घाईते भएका सिंहलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उपचारको क्रममा राति १२ बजे सिंहको मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles