तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : विराटनगरलाई हराउँदै जोगवनी विजय

 न्यूज विराट
तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : विराटनगरलाई हराउँदै जोगवनी विजय

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब विजयी भएको छ । विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा घरेलु टिम बिसीसीए विराटनगरललाई ६२ रनले हराउँदै जोगवनी विजय भएको हो ।

टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २५१ रन बनाएको हो । जोगवनीका असिक कुमारले अर्धसतक पूरा गरे । उनले १९ बलमा ५ छक्का र ३ चौका हिर्काउँदै ५० रन बनाए । सर्वाधिक रन बनाउने खेलाडी असिक खेलको प्लेर अफ द म्याच घोषित भए । यशदर्शन कुमारले १८ बलमा ४६ रन पारी खेल्दा राजा बावुले ३७ बलमा ४४ रनको योगदान दिए । उत्तम कुमारले अविजित २३ रन बनाउँदा कोनाइव कुमारले २० रन बनाए ।
विराटनगरका कार्तिक कुमारले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । आयुष कुमारले २ विकेट र अशुतोष सिंहले १ विकेट लिए ।
जोगवनीले दिएको २५२ रनको विशाल छक्ष्य पछ्याएको विराटनगरले सबै विकेट गुमाइ १८९ रन मात्रै बनाउन सक्यो । विराटनगरका अशुतोष सिंहले २४ बलमा ३९ रन बनाए । धिरज कामतले २१ बलमा २९ रन बनाउँदा हर्ष यादवले २१ रनको योगदान दिए ।
जोगवनीका अबिशेष राजा, नवित, जयन्त कुमारले समान २–२ विकेट लिए ।
अहिले दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब बीच प्रतिस्पर्धा भइरहेको छ ।

सम्बन्धित समाचार

९ पटक मुद्दा खेपिसकेका राई डेढ किलो गाँजासहित पक्राउ

विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जिवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको...

१६ डिआइजीको सरूवा, कोशीमा चन्द्रकुवेर खापुङ

विराटनगर । गृह मन्त्रालयले १६ जना डीआईजीको सरूवा गरेको छ । यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् ।एकवर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो । सरूवा सूचीअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको...

हातको नशा काटेर विराटनगरमा एक युवाले गरे आत्महत्या 

विराटनगर । विराटनगर ४ तिलोक मार्गमा एक जना युवाले हातको नशा काटेर आत्महत्या गरेका छन् ।  खोटाङ घर भई मामाघरमा बस्दै आएका ३२ वर्षीय जितेस पाण्डे देब्रे हातको नशा काटेर बुधवार आत्महत्या गरेका हुन् ।...

जीवन विकासको गोल्डकपको उपाधि पशुपति क्बलको पोल्टामा

विराटनगर । जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति रिपोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।मोरङको जहदा गाउँपालिका – ३ मा शनिवार सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति रिपोर्टिङ क्लबले उपाधि...

प्रदेश १ः सांसद न्यौपानेले भने–यो सरकारले धराहरा पनि भत्काउने, रानी पोखरी भत्काउने र सगरमाथाको उचाई घटाउने हो ?

विराटनगर, २१ साउन । संघीय सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै प्रदेश १ को प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका सांसदले आक्रोश पोखेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा एमालेका सांसद तुलसीप्रसाद न्यौपानेले भूमि सम्बन्धी...

नयाँ पार्टी दर्ता गर्न राजपा र समाजवादीका नेता निर्वाचन आयोगमा

काठमाडौं, ११ वैशाख-राष्ट्रिय जना पार्टी राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन्...

प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहसँग छलफल

काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका संघसंगठन तथा पदाधिकारीसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले भोगेका समस्या,...

अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका तत्कालीन इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं, २२ असार-अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्