विराटनगर । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ ।
ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्यक्रममा गोयल परिवारले स्थानीय माझी र राजवंशी समुदायका १४ परिवारलाई घर हस्तान्तरण गरेका हुन् ।
करीव एक करोड रुपैयाँको लागतमा निर्मित ती घरहरु भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको विशेष आतिथ्यतामा सम्बन्धित परिवारलाई आइतबार हस्तान्तरण गरिएको हो । घर निर्माणमा सहयोग पु¥याउने समाजसेवी दिनबन्धु गोयलले झापा उद्योग बाणिज्य संघमा अध्यक्ष समेत रहेका आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलको सम्झनामा निर्माण गरेको बताए । गोयलले आफु पनि भद्रपुरको ६ नम्बर वडाकै बासिन्दा भएकोले वडा र नगरपालिकासँगको सहकार्यमा गरीव तथा विपन्न परिवारलाई घर बनाइदिएको जानकारी दिए । उनले दाताले नै सवै गरिदिन्छन् भन्ने सोच हटाएर आगामी दिनमा नमूना बस्ती निर्माणमा जुट्नका लागि घर परिवारहरुलाई आग्रह गरेका थिए ।
भद्रपुर–६ का वडाध्यक्ष रतीया राजवंशीको अध्यक्षतामा आयोजित घर हस्तान्तरण कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गोपालबहादुर बस्नेतले गोयल परिवारबाट समाजसेवाको उदाहरणीय कार्य प्रस्तुत भएको भन्दै प्रशंसा गरे ।
भद्रपुरका मेयर पोखरेलले पनि आफु जन्मे हुर्केको ठाउँलाई सम्झिएर गोयल परिवारले निरन्तर रुपमा समाजसेवाका माध्यमबाट सहयोग गर्दै आइरहेको बताए । उनले भद्रपुरको आर्थिकमात्रै नभई सामाजिक क्षेत्रमा समेत गोयल परिवारको ठुलो योगदान रहेको चर्चा गरे ।
उपमेयर राधा कार्कीले भजन गाउने मुखभन्दा सेवा गर्ने हात धेरै पवित्र हुने भन्दै सामाजिक क्षेत्रमा गोयल परिवारको योगदानको खुलेर प्रशंसा गरिन् । साथै आगामी दिनमा पनि निरन्तर सेवामा समर्पित भई समाजसेवामा सवैभन्दा उत्कृष्ट नमूना व्यक्तित्व बन्नका लागि आग्रह गरिन् ।
गोयल परिवारले स्थानीय साम माझी, राजु माझी, रमेश माझी, फुलकुमारी माझी, भेलासरी राजवंशी, विमला माझी, सरिता राजवंशी, सेवानन्द राजवंशी, रविनकुमार माझी, शर्मिला राजवंशी, लखन माझी, सुमित्रा माझी, निर्मला राजवंशी र प्रमिलहिरन राजवंशीका लागि घर निर्माण गरिदिएका हुन् । घर हस्तान्तरण कार्यक्रमकै अवसरमा १४ घर परिवारका ज्येष्ठ सदस्यहरु बजारु माझी, राजो माझी, विनता राजवंशी, सुमित्रादेवी माझी, मीना माझी र भेलासरी राजवंशीलाई लत्ता कपडा र जनही नगद एक हजार रुपैयाँ नगदसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, घर प्राप्तकर्ताका तर्फबाट लखन माझी, भद्रपुर–४ का वडाध्यक्ष हंशधर राजवंशी, विराटनगर गौसदनका अध्यक्ष शंकरलाल अग्रवाल, आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानका अध्यक्ष तुलाराम राजवंशी लगायतले गोयल परिवारले सामाजिक सेवाका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । घर हस्तान्तरण गरिएका १४ परिवारमा सवै उमेर समुहका गरी ६५ जनाको बसोबास रहेको जनाइएको छ ।
काठमाडौं, १७ जेठ-0शनिबार थप १३ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । कोरोनाको संक्रमणलाई पराजित गर्नेमा ७ वर्षीय बालकदेखि ४२ वर्षीय पुरुषसम्म छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शनिबार...
विराटनगर, १५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको हो । मोरङको...
रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो ।...
विराटनगर, माघ १५–मोरङको सुनवर्षी नगरपालिकाका २ साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाको भेडुवा थान स्थित विपि सेवा केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच सुनवर्षी–५ टकुवा र ९ नं. डायनियाँको साना...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिवार विश्वासको मत लिने भएका छन् ।प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने भएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारीबारे सातै प्रदेशमा हुन लागेको प्रशिक्षण कार्यक्रमको शुक्रबार भर्चुअल रूपमा शुभारम्भ...
काठमाडौँ, २५ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय...
कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...