साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण

 न्यूज विराट
साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण

विराटनगर, माघ १५–मोरङको सुनवर्षी नगरपालिकाका २ साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाको भेडुवा थान स्थित विपि सेवा केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच सुनवर्षी–५ टकुवा र ९ नं. डायनियाँको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सवै व्यवस्थापन र दायीत्व हस्तान्तरण गरिएको हो ।

सो संस्थाको प्रवद्र्धकका रुपमा साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ रहेको छ । सो अवसरमा प्रदेश नं. १ सरकारका भुमि, व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री रामबहादुर मगरले व्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा बोल्दै मन्त्री मगरले मुलुकको कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान ठुलो रहेको बताउँदै सहकारी विना समृद्धिको कल्पना गर्न नसकिने बताए ।

कार्यक्रममा मन्त्री मगरले साना किसान कृषि सहकारी संस्था लिमिटेड सुनवर्षी–९ डायनियाँ र साना किसान कृषि सहकारी संस्था लिमिटेड सुनवर्षी–५ टकुवाको प्रमाणपत्र वितरण गर्दै व्यवस्थापन हस्तान्तरण गरे । यस अघि ती संस्था साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ मोरङको मातहत रहेका थिए । अब उक्त संस्थाहरुले बुधबारदेखी औपचारीक रुपमा स्वायत्त संस्थाको रुपमा काम गर्ने प्रवद्र्धक संस्थाका मुख्य प्रवन्धक ऋषिकुमार ढकालले जानकारी दिए ।

सो अवसरमा साना किसान सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६, साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी–९ डायनियाँ र साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी–५ टकुवा र सानाकिसान लघुवित्त वित्तिय संस्थाबीच भएको त्रिपक्षिय सम्झौता समेत हस्तान्तरण गरिएको छ ।

उक्त सम्झौताको फायल साना किसान सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ का अध्यक्ष द्रोणबहादुर पौडेल, साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी–९ डायनियाँका अध्यक्ष जानकीदेवी केवरत, साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी–५ टकुवाका अध्यक्ष शर्मिलाकुमारी राजवंशी र सानाकिसान लघुवित्त वित्तिय संस्था इलाका कार्यालय इटहरीका प्रवन्धक दिपकराज पाण्डेलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी–९ डायनियाँ र साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी–५ टकुवाको सञ्चालनमा हाल सम्म सहयोग पुर्याएकाम स्थानीय प्रशिक्षकका रुपमा काम गरेका साना किसान सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ का कार्यालय सहायक मंगलकुमार तामाङलाई सम्मान समेत गरिएको थियो ।

कार्यत्र mममा प्रदेशसभा सदस्य लिला बल्लभ अधिकारी, शिवनारायण सिंह(गन्गाई), सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दास, उपमेयर मञ्जु राई, राष्ट्रिय सहकारी महासंघका सञ्चालक, साना किसान विकास बैंक तथा नेपाल कृषि सहकारी केन्द्रय संघका अध्यक्ष खेमबहादुर पाठक, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष दोय मिना ढकाल र मदनकुमार दाहाल, प्रदेश कृषि सहकारी संघका संयोजक खगेन्द्रराज भण्डारी, जिल्लाका साना किसान कृषि सहकारीका १ दर्जन बढी अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधि, सहकारीका शेयर सदस्य, विभिन्न पालिकाका साना किसान कृषि सहकारीका प्रतिनिधिलगायतको उपस्थिती रहेका थियो ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्