मुख्यमन्त्री कार्कीले शनिबार लिने विश्वासको मत

 न्यूज विराट
मुख्यमन्त्री कार्कीले शनिबार लिने विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिवार विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने भएका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार कार्की मुख्यमन्त्री भए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनेपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार कार्कीले असोज २० गते शनिवार विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासको मत नदिने भएका छन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपाले पनि यसपटक मत नदिने भएको छ । जसको कारण कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर भएको छ ।
प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ सांसद गरी ९३ सदस्यीय प्रदेशसभा छ । सरकार गठनका लागि भने बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ ।

सम्बन्धित समाचार

वीरगञ्जको कोरोना विशेष अस्पतालमा १ जना बिरामीको मृत्यु

वीरगञ्ज, २२ साउन-पर्साको वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरका ५६ वर्षीय पुरुष छन् । मधुमेह र मुटुका रोगीसमेत रहेका उनी श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि नारायणी...

मोरङ भयो महिला क्रिकेट कपको समुह विजेता

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । आज भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरी लिगको तीनै खेलमा जित...

भारतीय विस्तारविरुद्ध सडकमा उत्रिएका पूर्वएआइजी र जर्नेल २ घण्टा थुनिए

 काठमाडौं, २७ वैशाख-पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यात २ घण्टा थुनिएका छन् । शुक्रबार भारतले एकतर्फीरूपमा नेपाली जमिन मिचेर धार्मिकस्थल मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि नेपालीहरू विरोधमा उत्रिएका छन् । त्यसैको...

क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश सरकारको २ करोड

विराटनगर, चैत ९–विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजनाथपुरस्थित स्पोर्टस कम्प्लेक्समा रहेको क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश १ सरकारले २ करोड रुपैंयाँ उपलब्ध गराउने भएको छ । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलोचरणमा १...

विराटनगरमा व्यवसायीलाई धम्कि दिँदै रकम अशुली गर्ने दुई जना पक्राउ

विराटनगर, २० असोज । विराटनगरका विभिन्न व्यवसायीलाई धम्कि दिएर रकम अशुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका स्थित स्थानिय व्यवसायीलाई धाकधम्की दिई रकम माग गर्ने दुई जनालाई प्रहरीले विराटनगर बसपार्कबाट पक्राउ...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीलेतको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेकाले मूल्य...

कर्मचारी संगठन प्रदेश १ समिति अध्यक्षमा रुद्र सुवेदी चयन

विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरस्थित होटल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको...

विराटनगरमा आइतबार राती थप एक संक्रमितको मृत्यु

विराटनगर, ८ भदौ–विराटनगरमा आईतवार राति थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । आईतबार कोरोना पुष्टि भएपछि घरमै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्