मिल्स क्रिकेट प्रतियोगिता : विराटनगर र पटना क्वाटरफाइनलमा
शुक्रबार, १७ चैत, २०७९,
न्यूज विराट
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी विराटनगर र भारतको कटियार क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा झापा क्रिकेट क्बललाई ९१ रनले स्तब्ध बनाउँदै विराटनगर क्वाटर फाइनलमा पुगेको हो ।
२१२ रनले लक्ष्य पछ्याएको झापाले १८.४ ओभरमा ९ विकेट गुमाइ १२० रन मात्र बनाउन सक्यो । झापाका बिनिज बास्तोले ३९ रन बनाए । अलोक मण्डलले ३५ रनको योगदान दिए ।
बलिङमा विराटनगरका मोहित कुमारले ४ विकेट र अनिस कुमारले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा १० विकेट गुमाइ २११ रनको योगफल खडा गरेका थिए । विराटनगरका बिपिन सौरवले ६७ रनको अर्धशतकीय ईङनिल खेले । विधान गोस्लामीले ४० रन बनाए । झापाका कालिचरण यादवले ५ विकेट लिए भने विराट डाँगीले ३ विकेट लिए । म्यान अफ द म्याच विराटनगरका विपिन सौरव घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा कटियारलाई ७ रनले स्तब्ध बनाउँदै पटना दोस्रो चरणमा प्रवेश गरेको छ ।
१६७ रनकोको लक्ष्य पछ्याएको कटियारले निर्धारित १९ ओभर १ बलमा १० विकेट गुमाइ १५८ रनमा अलआउट भयो । कटियारका अंकित सिंहले ३७ रन बनाए । आलमले ३१ रनको योगदान दिए । बलिङमा पटनका रितेस सिंह र गोलु कामतले समान ४÷४ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको पटनाले १९ ओभर १ बलमा १० विकेट गुमाइ १५८ रनको योगदान दिए । पटनाकाका बिनाय कुमारले ४९ रन बनाए । अर्जुन कुमारले ४४ रन र गोलुले ३० रनको योगदान दिए । कटियारका आलमले ३ विकेट लिए भने अंकित सिंहले २ विकेट लिए ।
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले भोलि सबै दलको प्रतिनिधित्व हुने गरेर सानो आकारको मन्त्रीमण्डल बिस्तार हुने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले...
विराटनगर, ३० जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्ने समुदायलाई हातमुख जोड्न समस्या भएको अवस्थामा रहेकाहरुलाई शनिबार विराटनगरमा खाद्यान्न वितरण गरिएको छ । युवा अभियान समूह विराटनगर र नटराज एग्रो प्रालिद्वारा विराटनगर –११...
सुनसरी–सुनसरीको धरान उप–महानगरपालिका ८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा ईटहरीबाट धरानतर्फ जादैगरेको को २...
एजेन्सी, बैशाख २५-भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको एक रासायनिक प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ भने सयौँ बिरामी भएका छन् । रासायनिक प्लान्टबाट ग्यास लिक भएपछि सो क्षेत्रमा भागदौड मच्चिएको छ ।...
सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...
काठमाडौं, ६ साउन-मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १५०...
विराटनगर, माघ २८–३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो...
पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको छ । मंगलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची...