तेलि कल्याण समाजद्धारा रक्तदान, ४१ पिन्ट रगत संकलन
शनिबार, २९ असार, २०८१,
न्यूज विराट
विराटनगर । तेलि कल्याण समाजले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
विराटनगरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए । १२ पिन्ट अत्ति आवश्यक भएका विमारीका लागि कार्यक्रम स्थलबाट नै संकलन भएको रगत विभिन्न अस्पतालमा लगेको उनले बताए । समाजका जिल्ला कोषाध्यक्ष रोहित कुमार साह, महिला समिति अध्यक्ष अम्बिका साह र गिता टेन्ट हाउस सञ्चालक तथा आजिवन सदस्य बुधन साह गरि ३ जनाले पहिलो रक्तदान गरि कार्यक्रमको शुभराम्भ भएकोे कार्यक्रम संयोजक सञ्जय कुमार साहले बताए । तेली कल्याण समाजले आफ्नो समाजको लागि मात्र नभएर समग्र नेपालीका लागि विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।
विराटनगर, १६ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । प्रदेश १ मा आज...
विराटनगर। प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो, मोरङ ४ । जहाँ एमालेका केन्द्रीय सदस्यीय बिनोद ढकाललाई चुनौती दिँदै सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन्, माओवादी केन्द्रका नेता अमनलाल मोदी । राजनीतिमा आफ्नो स्थान...
काठमाडौं, ९ पुस-नेपाल कम्युनिस्ट पार्टी ओली समूहले प्रदेश इन्चार्जबाट प्रचण्ड-माधव नेपाल समूहका नेताहरूलाई हटाएको छ। बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीईतर पक्षका चार जनालाई प्रदेश इन्चार्जबाट मुक्त गरेको हो । बैठकले प्रदेश १ का इन्चार्ज...
जनकपुरधाम, १० चैत-कोरोना भाइरस संक्रमणको प्रभाव बढ्दै गएपछि जनकपुरधाम बजार बन्द हुने भएको छ । कोरोना संक्रमण भित्रिन नदिन भोलिदेखि जनकपुधाम बजार बन्दको जनकपुर उद्योग वाणिज्य संघले घोषणा गरेको हो । संघका पदाधिकारीको सोमबार बसेको...
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढालेर अस्थिरता निम्त्याउने प्रयत्न भएपछि ताजा जनादेशमा जाने निर्णय लिएको बताएका छन् । नारायणहिटीको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘संसदलाई ठीक ढंगले काम गर्न दिनुभएन र...
विराटनगरको मेनरोडस्थित जैन भवनमा शनिबार साझमा हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी पुरा भएको छ । विराटनगरमा हुन लागेको यो फेस्टिबल अन्य समयको भन्दा फरक र पृथक हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको डिजाइन गरिएको मन्चमा...
काठमाडाैं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका सबै नेपालीको उद्धार गरिने बताएका छन् । साेमबार साँझ राष्ट्रकाे नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित मुलुकका राष्ट्र प्रमुखहरूसँग संवाद भइरहेकाले केही दिनमै विदेशमा रहेका नेपालीहरूको...
विराटनगर, १ जेठ । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एक जना विद्युत इन्जीनियरको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको प्रणाली सुदृढीकरण आयोजना विराटनगरमा कार्यरत ४५ वर्षीय इन्जीनियर मोतिलाल मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो...