मेरिल्याण्ड कलेजले मनायो २० औं वार्षिकोत्सव

 न्यूज विराट
मेरिल्याण्ड कलेजले मनायो २० औं वार्षिकोत्सव

विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा विजेता खेलाडि विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

सिए कोर्षको परीक्षाको नतिजामा गोल्ड मेडल ल्याउन सफल मेरिल्याण्ड कलेजकी पूर्व विद्यार्थी शालु अग्रवाललाई कलेज नगद ११ हजार सहित सम्मान गरिएको छ ।

कलेजका उपाध्यक्ष प्राडा. पिके झाले आफ्ना मातापिताको नाममा राखिएको योगानन्द जहानदेवी छाज्ञवृति कलेजका प्रिन्स भगत र क्रिस्टीना निरौलालाई वितरण गरिएको छ । सम्मानित हुने विद्यार्थीहरुलाई मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, सांसद लिला बल्लभ अधिकारी, कलेजका उपाध्यक्ष प्राडा. पिके झा र प्रिन्सिपल लक्ष्मण ढकालेले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै कलेज प्रमुख ढकालले गुणस्तरीय शिक्षासँग रोजगारमुखी शिक्षा मेरील्याण्डले प्रदान गर्दै आएको बताए । उनले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताए । कलेजका अध्यक्ष गुणराज ढुंगेलको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । व्यवस्थापन शिक्षामा मेरील्याण्ड कलेज काशी प्रदेशको उत्कृष्ट कलेजमा पर्ने गरेको छ ।

यसैगरी गाैतम सेवा समितिले कक्षा ११ मा टप गर्ने दिया अग्रवाललाई १८ हजार ५ सय रुपैयाँसहित सम्मान गरेकाे थियाे ।

सम्बन्धित समाचार

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँकेका दुई र दाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज...

कतारबाट आएका २ जनामा कोरोना संक्रमणको आशंका

विराटनगर, चैत ११–कतारबाट एक हप्ता अगाडी नेपाल आएका दुई जना युवामा विराटनगर स्थित कोशी अञ्चल अस्पतालले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण आशंका गरेको छ । चैत ३ गते कतारबाट नेपाल आएका २५ वर्षिय नेपाली दुइ...

विराट एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि...

एसईई स्थगितप्रति सरोकारवाला असन्तुष्ट

सरकारले एक दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरिदिएकाे छ । विश्वभर फैलिएकाे काेविड-१९ काे प्रकाेप नेपालमा फैलिन नदिन भन्दै सरकारले पूर्वसन्ध्यामा एसईई स्थगित गर्नुपरेकाे बताएकाे छ । तर, सराेकारवालाले भने सरकारकाे यस्ताे निर्णयप्रति असन्तुष्टि जनाएका छन्...

मोरङको जहदामा युवतीमाथि सामुहिक बलात्कारको आशंका, तीन जना पक्राउ

विराटनगर । मोरङ जहदाकी २२ वर्षीय युवतीलाई बलात्कार गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।मोरङ प्रहरीबाट खटिएको टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक...

प्रदेश १ प्रदेशसभाको बैठकः नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर, २८ जेठ । प्रदेश १ को आठौ तथा बजेट अधिवेशनको पाचौँ बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो । बिहिबार सरकारका तर्फबाट प्रदेश प्रमुख...

कोरोना संक्रमणबाट पूर्वसभामुख महरा पत्नी सीताको निधन

काठमाडौं, १९ कात्तिक-कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । भेन्टिलेटरमा उपचारका क्रममा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १०...

सकियो कोशी प्रदेश खेलकुद महोत्सव, महिला फुटबलको उपाधि झापालाई

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। विराटनगरको शहिद रंगशालाको मैदानमा आज राती सम्पन्न प्रतियोगिता फाईनलमा पाँचथरलाई ३ – ० गोलले हराउँदै झापाले उपाधि जितेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्