राशिफल

एसईई स्थगितप्रति सरोकारवाला असन्तुष्ट

 न्यूज विराट
एसईई स्थगितप्रति सरोकारवाला असन्तुष्ट

सरकारले एक दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरिदिएकाे छ । विश्वभर फैलिएकाे काेविड-१९ काे प्रकाेप नेपालमा फैलिन नदिन भन्दै सरकारले पूर्वसन्ध्यामा एसईई स्थगित गर्नुपरेकाे बताएकाे छ । तर, सराेकारवालाले भने सरकारकाे यस्ताे निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

एसईईकाे सम्पूर्ण तयारी पूरा भएकाे थियाे । बिहीबार देशभरका १ हजार ९ सय ९५ परीक्षा केन्द्रबाट ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी मानसिक रूपमा तयार भएर बसेका थिए । अन्य सबै खालका तयारी सकेर विद्यार्थी परीक्षाको प्रतिक्षामा थिए ।

अन्तिम समयमा आएर परीक्षा राेकिँदा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षाका, विद्यालय सबै अन्योलमा परे । सराेकारवालाले सरकारकाे याे निर्णयलाई ‘अपरिपक्व’ भनेका छन् । केही महिना अघिबाटै काेराेना भाइरसकाे त्रास फैलिए पनि सरकारले हिजाेआजै फैलिएजस्ताे गरी परीक्षा स्थगित गरिदिएकाेप्रति अभिभावकलगायत शिक्षा क्षेत्रका सम्बद्ध व्यक्तिले असन्तुष्टि जनाएका हुन् ।

 कोरोना भाइरसले विश्वमा आतंक मच्याउन थालेपछि शिक्षासँग सरोकार राख्ने निकाय र व्यक्तिहरूले परीक्षा स्थगित गर्नुपर्ने बताउँदै आएका थिए । उनीहरूले सरकारकाे ध्यानाकर्षण पनि नगराएका हाेइनन् । तर, त्यतिबेला सरकारले खासै वास्ता गरेन ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...