प्रदेश १ का नयाँ डिआइजी श्याम ज्ञवालीले समाले पदभार
बुधबार, ०४ माघ, २०७९,
न्यूज विराट
विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालयको यही पौष २९ गतेको निर्णयानुसार साईबर ब्यूरो भोटाहिटी काठमान्डौबाट यस कार्यालयमा पदस्थापना हुनु भएका प्रहरी नायव महानिरीक्षक ज्ञवालीले आजै कार्यभार समाले हुन् ।
बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका ज्ञवाली अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गरेका छन् । यसै गरी उनले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । उनले प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।
घटना १ विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेल उच्च रक्तचापका कारण घरमा ढले । १६ कार्तिक घरमै ढलेपछि परिवारका सदस्यले उनलाई तत्काल राति १० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । भुजेल परिवारको...
विराटनगर, १६ असोज-प्रदेश- १ मा पछिल्लो २४ घण्टामा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर...
विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीवी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ ।एडीवीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ ।...
विराटनगर, नेपाल बाल संगठन मोरङका सचिव राजु मास्केज्युको समन्वयमा श्री बाल मन्दिर आधारभूत विधालयमा पढ्ने विद्यार्थीहरुलाई राहात वितरण गरिएको छ । १३ औं गणतन्त्र दिवसको अवसरमा जर्मनी गैर आवासीय नेपाली संघका विशिष्ट संरक्षक दयाराम पौड्याल...
सिन्धुपाल्चोक, ६ भदौ-लिदी पहिराका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिका-१ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । सबै...
एजेन्सी, बैशाख १-टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन् । टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो ।...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको निर्वाचनमा ७१.३३ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार १८ हजार ५७७ मत खसेको जानकारी दिए ।ग्रामथानमा २६ हजार ४४ मतदाता...
विराटनगर । प्रदेश १ मा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश १ मा...