कोरोनाको कहरः टर्कीका गृहमन्त्रीले दिए राजीनामा

 न्यूज विराट
कोरोनाको कहरः टर्कीका गृहमन्त्रीले दिए राजीनामा

एजेन्सी, बैशाख १-टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन् । टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो । लकडाउन घोषणा गरेपछि त्यहाँ मानिसहरु समस्यामा परेका थिए ।

सरकारले शुक्रबारराति ४८ घन्टाको लकडाउन घोषणा गरेको थियो । शुक्रबार आधा रातबाट मानिसहरुलाई घरबाहिर ननिस्कन भनिएको थियो । तर लकडाउन घोषणापछि टर्कीका जनताहरु पसलमा सामान र खाद्यान्न किन्न बाहिर निस्कन सुरु गरेका थिए ।

मानिसहरु बाहिर निस्कन थालेपछि भीडभाड र भागदौडको अवस्था सिर्जना भएको थियो । प्रशासनले मानिसहरुलाई खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्री खरिदमा कुनै रोक नरहेको भन्दै आश्वस्त पार्न खोजेपछि मानिसहरुको भीड सम्हाल्न कठिन भएको थियो ।

अचानक लकडाउन गरिएपछि आम जनता र विपक्षी नेताले समेत आलोचना गरेका थिए । इस्तानबुलमा मात्रै १ करोड ६ लाख मानिस बसोबास गर्छन् । इस्तानबुलका मेयरले ट्विटमा भिडियो पोस्ट गर्दै लकडाउनका बारेमा आफूलाई पहिले सूचना नदिइएको बताए ।

लकडाउनका कारण असामान्य अवस्था बनेपछि गृहमन्त्री सुलेमानले आफूले यसको पूर्ण जिम्मेवारी लिने भन्दै ट्विटरबाटै राजीनामा घोषणा गरेका हुन् । सुलेमानले ट्विटरमा लेखेका छन्, ‘मैले जनताको सुरक्षाका लागि निर्णय लिएको थिएँ । यो संक्रमण रोक्नका लागि थियो ।’

टर्कीमा कुनै मन्त्रीले यसरी राजीनामा दिने घटना निकै कम मात्रै हुने गर्छन् । पछिल्लो पटक सन् २०१३ मा एक मन्त्रीले पदबाट राजीनामा दिएका थिए ।

टर्कीमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको छ । सोमबारसम्म टर्कीमा कोरोना भाइरस ५६ हजार ९ सय ५६ जनामा संक्रमण भइसकेको छ । गृहमन्त्रीले दिएको राजीनामा राष्ट्रपति एर्दोआनले स्वीकार गरिसकेका छैनन् । एर्दोआनले सुलेमान गृहमन्त्रीमा रहिरहने बताएका छन् ।

सम्बन्धित समाचार

नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गयो : मन्त्री यादव

विराटनगर, १० पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गर्नुभयो ।...

प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण

विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार दुईमध्ये एक जना थुनुवा पक्राउ

विराटनगर, १२ फागुन । मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार भएका दुई जनामध्ये एक जना थुनुवा पक्राउ परेका छन् । मोरङ अदालतमा पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर अदालत परिसरदेखि फरार...

चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, महासंघको ध्यानाकर्षण

काठमाडौं, १५ वैशाख-नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा चितवनमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका लागि आज बिहान चितवनको...

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र  उनका श्रीमान्ले...

अघिअघि टेलिकम, पछिपछि एनसेल

कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् । कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न...

भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

एजेन्सी, असार ११-भारतको बिहारमा चट्याङ पर्दा ८३ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्था विभागले बिहीबारसाँझसम्ममा ८३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतमा चट्याङ लागेर बर्सेनि सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।

रमपम विराट गोल्डकप : उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार दुवै टिमको दाबी

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्