विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ धरमपुर पैठामा भएको आगलागीबाट पीडित परिवारहरुलाई नगद सहित राहत सामाग्री वितरण गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति मोरङको अध्यक्ष तथा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालासहित मंगलबार आगोलागी पीडितलाई राहत सामाग्री वितरण गरेका हुन् ।
आगलागी पीडित दुई परिवारलाई नगद जनही २०/ २० हजार र एक परिवारलाई १५ हजार र त्रिपाल, म्याट र कम्बल वितरण गरिएको थियो ।
यसैगरी धनपाल गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार र उपप्रमुख नसिमा वानोले चामल ५० केजी, दाल, तेल नुन, मसला, सावुन लगायतका अन्य खाद्यान्न वितरण गरेका थिए ।
यस्तै नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सुबोधकुमार सिंहले त्रिपाल, कम्बल, खाना पकाउने भाँडाको सेट, लगाउन लत्ताकपडा लगायतका सामागी वितरण गरेका थिए । प्रजिअ दाहालले जनताको प्रत्येक दुःखका समयमा सरकारको साथ सहयोग रहने बताए । उनले आगलागी नियन्त्रणका लागि आउने वारुणयन्त्राका लागि सडक अतिक्रमण रोक्न सबैले कतव्र्य भएको बताए । गाउँपालिकाका अध्यक्ष गच्छदारले सबैको सहयोगबाट पीडितका घर निर्माण गरिने प्रतिवद्धता व्यक्त्त गरे । मोरङ दक्षिण क्षेत्रमा रहेको उक्त पालिकाका कैलास, गणेश र भजनलाल मण्डल तीन घरहरु सोमबार राति विद्युत चुहावट आगलागी हुँदा दुई वाख्रा र एक बाझा सहित तीन चौपायाको आगाले जलेर मृत्यु हुनकासाथै रु १४ लाख क्षति भएको प्रहरीले जनाएको छ ।
विराटनगर,१२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले आगामी निर्वाचनमाका गठबन्धन आजको आवश्यक्त्ता भएको बताउनु भयो । नेकां मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उहाँले नेकांले एक्लै सरकार...
विराटनगर । भुजेल भाषा र लिपी नामक पुस्तक बिमोचन गरिएको छ । भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिकाले विराटनगरमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक बिमोचन गरेको हो । विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाबाट...
विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार...
काठमाडौं, २० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी...
विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको “ मानिस र ग्रहका लागि पेडल“ नामक अभियान श्रृंखलारूपमा, जेठ ५ र ६ को सप्ताहन्तमा विभिन्न एसियाली...
विराटनगर, १ पुस । निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले विराटनगर बखरीस्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई...
विराटनगर । राजनैतिक दलहरूले नीति निर्माण बनाउँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको माग सुनवाइ गरिनुपर्ने उनीहरूले बताएका छन् ।राजनैतिक दलका नेताहरूलाई राखेर यौनिक तथा लैगीक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो...
विराटनगर, फागुन १२–बेलबारी फुटबल क्लबमाथि ४–० को शानदार जित दर्ता गर्दै मनाङ मर्स्यांग्दी क्लब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धरान रंगशालामा भएको २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा मनाङले उत्कृष्ट खेल...