नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्रा
शनिबार, ०५ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ ।
विगत २०७९ देखि सुरु भएको “ मानिस र ग्रहका लागि पेडल“ नामक अभियान श्रृंखलारूपमा, जेठ ५ र ६ को सप्ताहन्तमा विभिन्न एसियाली देशहरूमा नवीकरणीय ऊर्जाको न्यायपूर्ण रुपान्तरणको समर्थनमा पारिवारिक साइकल ¥यालीका आयोजना गरिएको हो ।
नवीकरणीय ऊर्जा भविष्यको लागि” साइकल ¥याली विराटनगरमा आज पारिवारिक संलगनता विषयमा आयोजनामा विराटनगर महानगरपालिका, एशियन पिपल्स मुभमेन्ट अन डेब्ट एण्ड डेभलपमेन्ट, दिगो विकास इन्स्टिच्युट, नगर बाल क्लब सञ्जाल विराटनगर र सुनौलो अवसर युवा क्लबले न्यून कार्बन विकास, वातावरण चेतना, तीव्र, न्यायपूर्ण र समतामुलक रुपान्तरण, १००% नवीकरणीय ऊर्जा र जलवायु संकटको लागि विभिन्न कार्य र वकालतलाई निरन्तरता दिँदै यसलाई सह–आयोजना गरेका थिए।
यात्रा हिमालय रोडबाट सुरु भएर रोडसेश चौक हुँदै भेटेरिनरी रोड, रानी पथ, रानी स्वास्थ्य चौकी हुँदै अन्त्यमा रानी स्वास्थ्य चौकीसँग जोडिएको नयाँ छठ पोखरी वडा नं. १५ सम्म पुगे समापन गरिएको दिगो विकास इन्स्टिच्युटका प्रदेश संयोजक मन्दीप साहले जानकारी दिए ।
करिब ८० जना सहभागीहरूमा विद्यार्थी, अभिभावक, बालबालिका, युवा, नागरिक समाज संगठन, स्थानीय सरकार र साइकल तथा ई–रिक्शा सहितका परिवारहरू समावेश थिए । जसले खनिज इन्धनलाई प्रतिस्थापन गर्न नवीकरणीय ऊर्जा प्रणाली निर्माणको समर्थनको संकेत गर्दै परिवार, समुदाय र ग्रहको स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन र संरक्षण गर्न नवीकरणीय ऊर्जाप्रति रुपान्तरण हुनु पर्नेमा समर्थन जनाए ।
इन्स्टिच्युटका प्रदेश संयोजक साहले भनेः “हामीले यो कार्यक्रमलाई परिवारहरूका लागि सय प्रतिसत नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न रमाइलो र अर्थपूर्ण तरिकाको रूपमा आयोजना गरेका हौं, यो जलवायु संकट र खनिज इन्धनबाट हुने हानिकारक प्रदूषणको समाधानको एक महत्वपूर्ण भाग हो । खनिज इन्धन – कोइला, ग्यास,पेट्रोल तथा डिजल तेल – उत्पादन र उपभोग जलवायु परिवर्तनको प्रमुख कारणहरू उन उनले बताए । विश्व उस्निकरण रोक्न र विनाशकारी जलवायु परिवर्तनलाई रोक्नको लागि संसारलाई सय प्रतिसत नवीकरणीय ऊर्जामा तीव्र, न्यायपूर्ण र समानुपातिक रुपान्तरण आवश्यक रहेको साहले बताए । जलवायु परिवर्तनका प्रभावहरू पहिले नै विनाशकारी छन् र छिटो तीव्र हुँदैछन्। हाम्रा बालबालिकाहरू अति नै अन्धकार भविष्यको सामना गरिरहेका छन् र हामीले राम्रो संसार निर्माण गर्न सँगै काम गर्न आवश्यक समेत उनले बताए ।
“सौर्य र वायु उर्जाका स्रोतहरू प्रचुर मात्रामार सुलभ रहेको विज्ञान र प्रविधिले पहिले नै यो सुनिश्चित गरिसकेका छ कि नवीकरणीय ऊर्जा स्थिर, भरपर्दो र सबै मानिसतथा समुदायहरूको आधारभूत आवश्यकताहरू र आर्थिक विकास र समृद्धिको आवश्यकताहरू पूरा गर्न पर्याप्त हुन सक्ने साहले बताए । सरकारहरूले राजनीतिक इच्छाशक्ति जुटाउन र नवीकरणीय ऊर्जामा रुपान्तरणको आवश्यक परिमाण र गति सुनिश्चित गर्न साहसी कदमहरू चाल्नुपर्दछ,” ग्रीन सिटी स्वयंसेवक विराटनगरकी सदस्य देलिशा गुरुङले थपीन् ।
¥यालीको उद्घाटन विराटनगर महानगरपलिकाका, फोहोर मैला तथा सरसफाई शाखा प्रमुख पुनम दाहालले गरे । उनले नवीकरणीय ऊर्जाको महत्त्व र जलवायु संकटबाट ग्रहलाई बचाउन खनिज इन्धनको उपभोग अन्त्यको आवश्यकता बारेमा जोड दिए । जलवायु संकटका कारण नेपाल एकजोखिममा रहेकोदेश र यहाँ नवीकरणीय ऊर्जा उत्पादनको ठूलो सम्भावना रहेको हुँदा जलवायु न्यायको सिद्धान्तलाई अनुसरण गर्दै समुदाय ऊर्जामा केन्द्रित सय प्रतिसत रुपान्तरणको लागि विश्वलाई वकालत गर्नुपर्ने दाहालले बताए ।
विराटनगर महानगरपालिकामा आफ्नो कार्यक्रम र नीतिहरू मार्फत राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदान र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू सम्बोधन गर्दै उनले ऊर्जा प्रयोगलाई नवीकरणीय ऊर्जामा रुपान्तरण गर्ने ठूलो सम्भावना र क्षमता छ, जसले तीव्र, न्यायपूर्ण र समानुपातिक रुपान्तरणतर्फ विश्वको एक अग्रणी नगरपालिका बन्ने दिशा प्रदान गर्ने बताए ।
नवीकरणीय ऊर्जा भविष्यको लागि” साइकल ¥यालीजलवायु परिवर्तनको कारण र प्रभावहरू र आवश्यक कार्यहरू बारेमा जनचेतना र समझदारी बढाउन र विभिन्न कोसिसहरु जारी राख्नको लागि लक्षित छ, यसले ग्रहको औसत तापमान वृद्धि १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सम्भावनालाई कायम राख्नको लागि आवश्यक सय प्रतिसत नवीकरणीय ऊर्जा मागलाई प्रकास गर्दछ् । यो कार्य एशियन पिपल मुभमेन्ट अन डेब्ट एण्ड डेभलपमेन्टसँगको सहकार्यमा फिलिपिन्स, बंगलादेश, इन्डोनेसिया, नेपाल र पाकिस्तानका विभिन्न शहरहरूमा एकजुटताको साथ आयोजना गरिएको हो भनी स्वेता मण्डलले भनिन् ।
¥यालीमा सहभागीहरूले तीव्र, न्यायपूर्ण र समानुपातिक रुपान्तरण सय प्रतिसत नवीकरणीय ऊर्जा प्रणालीहरू, नवीकरणीय भविष्यका लागि साइकल यात्रा!, सफा हावाका लागि, सौर्य र वायू उर्जा!, प्रत्येक घण्टा नवीकरणीय शक्ति, मानिसहरू र समुदायहरूको लागि खनिज मुक्त भविष्य, वास्तविक शून्य, नेट शून्य होइन! जस्ता नाराहरू बोकेका थिए भनीवातावरण अभियान्ता सोनु शर्माले भने ।
”विश्वको दक्षिणी मुलूकहरुमा महसुस गरिरहेका जलवायु परिवर्तनका कठोर प्रभावहरू जस्तैअनियन्त्रित बाढी, लामो खडेरी, घातक मनसुनप्रत्येक वर्ष झनै खराब हुँदैछन् र घरपरिवारहरूले पनि उच्च विद्युत् लागतको सामना गर्नुपरीरहेको छ। केवल नवीकरणीय ऊर्जाको अपनाउनेले मात्र हामीलाई खनिज इन्धनद्वारा सिर्जित यो जीवित नरकबाट बचाउन सक्छ,” सुनौलो अवसर युवा क्लबका इमरान अन्सारीले भने ।
काठमाडौं, फागुन २७–नेपालमा कोरोनाको त्रास बढेसँगै बजारमा सर्जिकल मास्क र स्यानिटाइजरको अभाव देखिएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताले चरम अभाव खेपिरहेका छन् । बजारमा मास्कको माग बढेपछि अहिले विभिन्न संस्था र व्यक्तिले मास्क बनाउन...
काठमाडौं, २७ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मा ५ जनाको विभत्स हत्या घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन भएको छ । प्रदेश प्रहरी कार्यालय-५ का एसएसपी राजकुमार वैदवारको नेतृत्वमा ३ सदस्यीय अनुसान्धान टोली गठन भएको...
विराटनगर, माघ २८साथीबीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । धरान–२० स्थित एन्जल मार्गमा धरान–१६ निवासी सुजन मगरलाई छुरा प्रहार गर्ने विकास साह, इश्वर राई र सागर खड्कालाई...
एजेन्सी, जेठ ५ -दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना संक्रमितको संख्यामा चौथो नम्बरमा पुगेको छ । पछिल्लो २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएपछि ब्राजिलले कोरोना संक्रमितको संख्यामा इटाली र स्पेनलाई पछि छाडेको हो । पछिल्ला...
धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा रोकिए । दुईजनाबीचको मतान्तर...
नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । एमालले पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि दुवै पार्टी सदस्यबाट निलम्बन गरेको हो । पार्टी साधारण सदस्यबाट नै...
विराटनगर । प्रहरीले फिरौति रकम माग गर्ने तीन जनालाई पक्राउ गरेको छ । भारतीय नागरिकसँगको मिलेमतोमा किशोरको साथबाट मोबाइल लुटपाट गरेर अभिभावकसँग फिरौती रकम मागेको घटनामा संलग्नहरुलाई विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर...
एजेन्सी, १२ असोज-अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि...